कोभिड-१९ विरुद्धको खोप मानिसमा परीक्षण सुरु

बेलायत, १२ बैशाख । बेलायतमा कोरोना भाइरस (कोभिड – १९) विरुद्धको खोप मानिसमा परीक्षण सुरु गरिएको छ । लण्डनस्थित अक्सफोर्ड विश्वविद्यालयले बिहीबारदेखि कोभिड -१९ विरुद्धको नयाँ खोप परीक्षण सुरु गरेको हो । युरोपकै पहिलो परीक्षणअन्तर्गत पहिलो दिन दुई स्वस्थ स्वयंसेवकले खोप लिएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयको जेनर इन्स्टिच्‍युट टिमकी प्राध्यापक सारा गिल्बर्टले आउँदो मे मध्यसम्ममा ५ सय जनासम्म स्वयंसेवीहरुमा उक्त खोप परीक्षण गर्ने योजना रहेको बताइन्। उक्त खोपको परीक्षण सफल हुनेमा आफू पूर्ण आशावादी रहेको उनले बताएकी छिन्।

मानव परीक्षणको प्रारम्भिक नतिजा सेप्टेम्बर महिनासम्ममा प्राप्त हुने अनुसन्धानकर्ताहरुले आशा गरेका छन्। बीबीसीका अनुसार, खोप लिनेमध्ये एकजना स्वयंसेवक इलिसा ग्रानाटोले आफू वैज्ञानिक भएकाले सम्भव भएसम्म खोप विकासको वैज्ञानिक प्रक्रियामा सहयोग गर्न चाहेको बताएकी छन्।

परीक्षणमा भाग लिन १८ देखि ५५ वर्षका इच्छुक स्वयंसेवकका लागि आव्हान गरिएको छ। परीक्षणमा सहभागी हुनेले जनही १९० देखि ६२५ पाउण्डसम्म पाउनेछन्। तर, आवेदक स्वास्थ्य हुनुपर्नेछ। अनुसन्धानकर्ताहरुले एकहजार एकसय १२ जना स्वयंसेवकको आवेदन मागेका छन् जसमा ५५१ जनालाई भने कन्ट्रोल भ्याक्सिन दिइनेछ।

खोप परीक्षणमा सहभागी हुन कोरोना भाइरस पोजिटिभ रिपोर्ट आएका, कोभिड -१९ को अति जोखिम अवस्थामा रहेका व्यक्तिसंगै बसेका, गर्भवती भएका र हुने चाहना राखेका एवं नवजात शिशुलाई दूध खुवाइरहेकाले पाउने छैनन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *