थप पाँच जना कोरोना संक्रमितको पछिल्लो रिपोर्ट नेगेटिभ, दोस्रोमा त्यस्तै आए डिस्चार्ज

काठमाडौँ, ११ बैशाख । कोरोना भाइरस (कोभिड – १९) को संक्रमणमा परि विभिन्न अस्पतालमा उपचार गराईरहेका पाँच जनाको पहिलो चरणको रिपोर्ट नेगेटिभ आएको छ ।

उनीहरुको दोस्रो चरणको रिपोर्ट नेगेटिभ आएमा डिस्चार्ज गरिने अस्पतालहरुले बताएका छन् । गत १५ चैत देखि धवलागिरी अस्पतालमा उपचार गराईरहेकी बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवतीको बुधबार गरिएको स्वाव परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनको अब शुक्रबार पुन परीक्षण गरी नेगेटिभ आए डिस्चार्ज गर्ने योजना रहेको अस्पताल प्रमुख डा शैलेन्द्र विक पोखरेलले बताए ।

उता वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत ३ जना भारतीयसहित ४ जनाको पनि पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको शुक्रबार दोस्रो परीक्षण गर्ने र नेगेटिभ आए डिस्चार्ज गर्ने योजना रहेको अस्पताल प्रमुख डा मदनकुमार उपाध्यायले बताए ।

सो अस्पतालमा गत ३० चैतमा संक्रमण पुष्टी भएका तीन जना भारतीय पुरुष र १ बैशाखमा संक्रमण पुष्टि भएका रौतहटका १९ बर्षीय पुरुषको उपचार भइरहेको छ । अस्पताल प्रमुख पोखरेलले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचार गर्दा अन्य विरामीलाई भने नेशनल मेडिकल कलेज वीरगञ्जमा सिफ्ट गरिएको छ ।

अहिलेसम्म देशभर कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । उपचार पछि निको हुनेको संख्या १० पुगेको छ । आज मात्रै पाटन अस्पतालबाट २ जना र सेती प्रादेशिक अस्पतालबाट १ जना गरी कुल ३ जना संक्रमित डिस्चार्ज भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *