विशिष्टिकृत अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन – ‘दिई आएको सेवा नरोकौ’

काठमाडौँ, ८ बैशाख ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डायलासिस, क्यान्सर, मुटुरोग, प्रसूति, दम लगायतका अत्यावश्यक सेवाहरु सूचारु गर्न विशिष्टकृत तथा अतिविशिष्टिकृत अस्पताललाई निर्देशन दिएको छ । कोरोनाको आशंकामा विशिष्टिकृत भनिएका कतिपय अस्पतालले सेवा नदिएको भन्ने गुनासो बढेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिड – १९ का अपडेट प्रस्तुत गर्नेक्रममा विशिष्टिकृत अस्पताललाई अन्य सेवा जारी राख्न निर्देशन दिएका हुन् ।

‘कतिपयमा नियमित रुपमा भएका होला पनि तर कतिपयमा ती सेवा रोकिएको वा सहज नभएको भन्ने गुनासो आएको छ । यसमा मन्त्रालयको स्पष्ट धारणा छ , रोकिएको छ भने तत्कालै सुधार गर्नुहोस् । सेवालिन सहज छैन भने पनि सहज गराउनुहोस्,’ डा देवकोटाले भने । 

डा देवकोटाले कोभिडको संक्रमण देखिए उपचारका लागि तयारी अवस्थामा कुन कुन अस्पताल छन् भनेर सूची जारी गरिसकिएको तर अहिले संक्रमित नभएका अस्पतालहरुले डायलासिस, क्यान्सर, मुटु दम, प्रसूति लगायतका सेवा समेत नगरेको भन्ने गुनासो सुनिएपछि निर्देशन दिन बाध्य भएको बताए ।

मन्त्रालय स्रोतका अनुसार कतिपय सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेजहरुले कोरोनाका आशंका वा डरका कारण ती सेवा स्थगित भएको भन्दै विरामी फर्काउने गरेका छन् ।

यस्तै मन्त्रालयले विभिन्न अस्पतालमा लैगिक हिसांमा परेकाहरुको उपचार गर्न ओसिएमसी कार्यक्रम सञ्चालन भएको र ती सूचीकृत अस्पतालले ती सेवा पनि सूचारु गर्न निर्देशन दिएको छ ।

यस्तै हेमोफिलियाका विरामीहरुका लागि आवश्यक पर्ने औषधिहरुको उपलव्धतालाई सहज बनाउनका लागि आवश्यक परे मन्त्रालयले सहजिकरण तयार रहेको समेत डा देवकोटाले जानकारी दिए ।

स्वास्थ्यमा अहिले सबैको ध्यान कोरोनामा केन्द्रीत हुँदा अन्य रोगका विरामीहरु मर्कामा परेको अनुमान गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *