शंकरापुर अस्पताललाई बनाइयो कोरोना उपचार गर्ने नगर अस्पताल

काठमाडौँ, ८ बैशाख ।  कोभिड – १९ को महामारी नियन्त्रणमा नआउँदा सम्मका लागि शंकारापुर अस्पताल कोरोना उपचार नगर विशेष अस्पतालको रुपमा परिणत भएको छ ।

गोकर्णेश्वर नगरपालिका र शंकरापुर अस्पताल प्रशासनबीच भएको सम्झौँता अनुसार नगर अस्पतालमा परिणत भएको हो । सम्झौँता पछि शंकारापुर अस्पतालको नाम गोकर्णेश्वर शंकारापुर विशेष नगर अस्पताल कायम गरिएको छ ।

अस्पताल संचालकमध्येका एक डा रमेश ढकालले कोभिड भाइरसको फैलावट रोकथामका लागि स्थानीय समुदायलाई स्वास्थ्य उपचार सेवा प्रवाह गर्न विशेष क्वारेन्टाइन, आइसोलेसन वार्ड, फिवर क्लिनिक लगायतका थप सेवा सञ्चालन गर्न नगरपालिकासंग सम्झौता गरिएको बताए । उनले यो सम्झौँता भाइरसको जोखिम रहुन्जेलसम्म रहेको स्पष्ट पारे । सम्झौँतामा नगरपालिकाका तर्फबाट नगरप्रमुख सन्तोष चालिसे र अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामहरि सापकोटाले हस्ताक्षर गरेका छन् ।

सम्झौँता अनुसार अब अस्पतालले १० वेडको हस्पिटल क्वारेन्टिन, १० वेडको आइसोलेसन वार्ड, ५ बेडको आइसीयू सहितको २ वटा भेन्टिलेटर र सञ्चालनमा रहेको एम्वुलेन्स कोभिड महामारी व्यवस्थापनमा प्रयोग गर्न नगरपालिकालाई दिने उल्लेख छ ।

सम्झौता पछि अस्पताल सञ्चालन गर्न नगर प्रमुख सन्तोष चालिसेको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति बनाइएको छ । उक्त समितिमा अग्नी प्रसाद अधिकारी, डा सृजना पाण्डेय, डा सुवास प्याकुरेल, रामहरि सापकोटा सदस्य रहेका छन् ।

यस्तै कुशल थापा, डा रमेश ढकाल, डा सतिकुमार देव र डा पवनराज चालिसे सदस्य रहेका छन् । डा सुवासप्रसाद आचार्य आमन्त्रित सदस्य बनाइएको छ ।

नयाँ व्यवस्थापन अनुसार अस्पतालले कोभिड र नन कोभिड विरामीलाई सहज रुपमा सेवा उपलव्ध गराउँनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *