विराटनगरको प्रयोगशालामा पीसीआर गर्दा ८ जनामा देखियो कोरोना पोजेटिभ, थप परीक्षण काठमाडौँमा गरिदै

काठमाडौँ, ५ बैशाख । विराटनगरमा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरुको रिपोर्टको अन्तिम निस्कर्ष निकाल्न सोही नमूना अहिले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ ।

स्रोतका अनुसार विराटनगरको प्रयोगशालामा कोरोना पोजेटिभ देखिएका आठै जना भारतीय हुन् । उनीहरु त्रियुगा नगरपालिका – ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका थिए ।

‘१२ जना भारतीय र ४ जना नेपाली गरी १६ जनाको समूह थियो । तिनिहरुको परीक्षण गर्दा ८ जनामा पोजेटिभ देखिएको हो । ती सबै भारतीय हुन् । तर रिपोर्टको अन्तिम निस्कर्ष आइसकेको छैन । त्यसको लागि टेकुको प्रयोगशालाले पनि पुष्टि गर्नुपर्छ । त्यहाँ अहिले परीक्षण हुँदैछ,’
स्रोतले भन्यो ।

विराटनगरको प्रयोगशालाले कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई प्रदेश सरकारले विराटनगरमा आइसोलेसनमा ल्याउने तयारी गरेको छ । स्थानीय प्रशासनले उनीहरु भएको ठाँउलाई सिल गर्ने, उनीहरुसंग सम्पर्कमा गएकाहरुको कन्ट्याक्ट ट्रेसिङका लागि तयारी गरेको बुझिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्रोतले भने रिपोर्ट आउन अझै केही घण्टा लाग्ने बताएको छ ।

टेकुको प्रयोगशालामा अहिले चितवनको प्रयोगशालामा बिहीबार पोजेटिभ देखिएको दुईवटा केशको पनि परीक्षण चलिरहेको छ । यसको रिपोर्ट आउन पनि अझैं केही समय लाग्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *