चितवनमा पीसीआरबाट परीक्षण गर्दा २ वटा केश कोरोना पोजेटिभ, थप परीक्षणका लागि काठमाडौँ पठाइयो

चितवन, ५ बैशाख । भरतपुरस्थित कोभिड–१९ प्रयोगशालामा बिहीबार रियलटाइम पीसीआर विधिबाट गरिएको परीक्षणमा दुईवटा केश पोजेटिभ देखिएको छ ।

प्रयोगशालाले अन्तिम निस्कर्ष निकाल्न दुवै केश राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ । भरतपुर अस्पतालले पनि भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना शङ्कास्पद देखिएको उल्लेख गरेको छ ।

बुधबार र्‍यापिड डायग्नोष्टिक टेष्टका क्रममा एक महिलाको शङ्कास्पद नतिजा आएको थियो । उनी र उनका दुई छोरालाई सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

उनीहरुमध्ये आमा र एउटा छोराको नमूनामा कोरोना पोजेटिभ आएको हो । ‘दुईपटक परीक्षण गरियो, नतिजा स्ट्रोङली पोजेटिभ, त्यसपछि अन्तिम निस्कर्ष निकाल्नका लागि स्वाव पुन परीक्षणका लागि काठमाडौँ पठाएका छौँ,’ अस्पताल स्रोतले बतायो । कोरोना पोजेटिभ हो कि होइन अब टेकुको प्रयोगशालाबाट आउने नतिजापछि मात्रै भन्न मिल्ने स्रोतले भन्यो ।

शंकास्पद व्यक्तिलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीहरु गत ५ चैतमा बेलायतबाट हङकङ हुँदै नेपाल आएका आएका हुन् । निजहरु राप्ती नगरपालिकाका बासिन्दा भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *