स्वास्थ्य मन्त्रालयले भन्यो – ‘स्वास्थ्यकर्मीको तलव काटिदैन’

काठमाडौँ, २८ चैत । सरकारले स्थापना गरेको कोरोना राहत कोषमा स्वास्थ्यकर्मीको तलव नकाटिने भएको छ । स्वासथ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको मिडिया अपडेटमा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

‘आजसम्म हामीले कोरोना राहत कोषका लागि रकम कट्टी गर्ने सम्वन्धमा कुनै निर्णय पनि गरेका छैनौँ र परिपत्र पनि गरेका छैनौँ । सामाजिक सञ्जालमा यसबारेमा कतिपय अलमलका कुराहरु आएको पाइयो । स्वास्थ्यकर्मीले ढुक्कसंग काम गर्नुहोला,’ डा देवकोटाले बताए ।

प्रहरी प्रधान कार्यालयले सुरक्षाकर्मीको तलव कोषमा राख्ने गर्ने पत्रचार गरेको खबर बाहिरिएसंगै यसको चर्को विरोध भएको थियो ।

कतिपय स्थानीय तहका सरकारले कोषमा जम्मा गर्न भन्दै स्वास्थ्यकर्मीहरुको तलव काटेका छन् । प्रवक्ता डा देवकोटाले त्यस्तो हुन नपर्ने भन्दै भएको भए स्थानीय तहले सच्याउन सक्ने बताए ।

‘कोषमा यो स्वइच्छाले दिने कुरा हो । कसैले दिन चाहेको खण्डमा कोषमा सहयोग गर्न सकिन्छ तर जवरजस्ती होइन । स्थानीय तह नबुझेर काटिसकेका छन् भने पनि त्यो अर्को महिना सोधभर्ना गर्न मिल्छ,’ डा देवकोटाले स्पष्ट पारे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *