कोरोना विरुद्ध सतर्कता : भारतको उत्तरप्रदेश सरकारले लगायो पान तथा गुट्खामाथि प्रतिवन्ध

एजेन्सी । भारतको उत्तरप्रदेश सरकारले राज्यभर पान मसलाको प्रयोगमा प्रतिवन्ध लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न राज्य सरकारले यूपीमा पान मसला उत्पादन, वितरण तथा बिक्रीमा पूर्ण प्रतिवन्ध लगाएको हो ।

उत्तर प्रदेश राज्यको कैयौँ शहरमा पान मसला ठूलो मात्रामा उत्पादन हुने गर्दछ । यसमा कानपुर र नोएडा जिल्ला प्रमुख हुन् ।

मंगलबार युपी सरकारका अतिरिक्त मुख्य सचिव अवनीश अवस्थीले भने, ‘मुख्य मन्त्री आदित्य नाथको आदेश अनुसार पान मसला गुटखा तथा पानको उत्पादन विक्री र प्रयोगमा रोक लगाएको हो ।’

उनले भने, ‘मानिसहरु गुट्खा तथा पान मसाला खाएर सरकारी कार्यालय, बजार तथा सार्वजनिक स्थलमा थुक्ने गर्दछन् । जसले फोहर त हुन्छ नै यतिवेला त्यहि थुकबाट कोरोना भाइरसको संक्रमण पनि फैलनसक्छ । त्यसैले यसलाई प्रतिवन्ध लगाउने निर्णय गरिएको हो । ‘

स्मरण रहोस २०१७ मा जव योगी आदित्य नाथ युपीको मुख्य मन्त्री भए उनले आफ्नो राज्यभर पान गुटखापर प्रतिवन्ध लगाएका थिए । तर त्यसको कार्यान्वयनमा फितलो देखियो र पुन विक्री वितरण सुरु हुन थाल्यो ।

अहिले कोरोना भाइरसको संक्रमण रोक्न भन्दै राज्य सरकारले यो निर्णय लिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *