दक्षिण कोरियामा कोरोनाबाट संक्रमित हुनेको संख्या ३४६ पुग्यो, २ जनाको मृत्यु


सिओल । दक्षिण कोरियामा शुक्रबार मात्रै १४२ जनामा नयाँ कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखा परेको छ । यो संगै कोरियामा कोभिड १९बाट संक्रमित हुनेको संख्या ३४६ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् ।

दक्षिण कोरियामा पछिल्ला दिनमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या बढदो छ । त्यसमा पनि इसाईहरुको बाक्लो बसोबास रहेको दक्षिणपूर्वी क्षेत्र चेन्दो इलाकामा पर्ने डायनाम अस्पतालमा संक्रमण बढी देखिएको बताइएको छ ।

कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (केसीडीसी)का अनुसार शुक्रबार देखिएको १४२ वटा नयाँ संक्रमणमा ९२ वटा डायनाम अस्पतालमा भेटिएको हो । जुन अस्पतालमा कोभिड – १९ बाट पहिलो मृत्यु समेत भएको थियो । सो  अस्पतालमाएक जना ६३ बर्षीय व्यक्तिको गत बुधबार निमोनियाको कारण मृत्यु भएको थियो जो कोरोना भाइरस संक्रमित थिए । शुक्रबार सोही अस्पतालमा कोभिड – १९ को संक्रमणबाट अर्को व्यक्तिको समेत ज्यान गएको छ ।

जन स्वास्थ्य निकाय भन्छ, ३८ वटा नयाँ संक्रमण इसाई समुदायको बस्ती रहेको डायगु क्षेत्रमा रहेको छ । यस्तै १०० भन्दा बढी संक्रमण चर्चमा भेटिएको थियो ।

सरकारले शुक्रबारबाट डायगु र संगै जोडिएको चेङदो शहरलाई स्पेशल कियर जोन घोषणा गरी विशेष निगरानी गरेको छ । डायगुमा २४ लाख बढी जनघनत्व रहेको शहर हो । यो कोरियाकै चौथो ठूलो शहर मानिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *