चारवटा थर्मल स्क्यानर र १०० वटा इन्फाइरेड थर्मामिटर खरिद गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ३ फागुन ।  कोरोना भाइरसको कहर पछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जोडेको दुईवटा थर्मल स्क्यानर मध्ये एउटा १० दिनमै बिग्रिएपछि सरकारले थप चारवटा थर्मल स्क्यानर खरीद गर्ने प्रक्रिया अघि बढाएको छ । त्यस्तै १०० वटा इन्फाइरेड थर्मामिटर पनि संगै खरीद गर्ने  योजना अघि सारेको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति व्यवस्थापन शाखाले खरीद प्रक्रिया अघि बढाएको हो ।

व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले थर्मलस्क्यानर र इन्फाइरेड थर्मामिटर खरीद गर्ने प्रक्रिया अघि बढेको बताए । उनले एक साताभित्रै उपलव्ध गराउने गरी खरीद योजना अघि सारिएको जानकारी दिए ।

 

‘हामीले टेन्डर खोलेर निवेदन मागिसकेका छौँ । आइतबार टेन्टर खोलिन्छ र सोही दिन मूल्याकंन गरी संस्था छनौट गरी एक साता भित्र सामान उपलव्ध गराउने गरी काम बढाउँदैछौँ ‘ उनले भने ।

विमानस्थलमा जोडिएको थर्मल स्क्यानरले विदेशबाट आउने ज्वरो नाप्ने काम गरेको छ । यस्तै इन्फाइरेड थर्मामिटरले पनि टाढैबाट व्यक्तिलाई टार्गेट गरेर ज्वरो नाप्ने काम गर्दछ ।

चीन सहित विभिन्न देशमा कोरोना भाइरसको प्रक्रोप बढदै जाँदा सरकारले अत्याधुनिक उपकरण खरीद गर्न लागेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *