कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १५०० पुग्न आँट्यो, संक्रमितको संख्या ६५ हजार नजिक

एजेन्सी । चीनमा विहीबार मात्रै ५ हजार ९० जनामा कोरोना भाइरसको नयाँ संक्रमण देखा परेको छ । सोही दिन कोरोनाबाट १२१ जनाको मृत्यु भएको बताइएको छ । यो अघिल्लो दिनको तुलनामा ठ्याक्कै आधा हो । बुधबार मात्रै कोरोनाभाइरसबाट चीनमा २४२ जनाको मृत्यु भएको थियो ।

चिनियाँ स्वास्थ्य आयोगले चीनमा कोरोनाभाइरस संक्रमणमा पर्नेको संख्या अहिलेसम्म ६४ हजार ६२९ बताएको छ । यस्तै कोरोना भाइरसबाट मृत्युहुनेको संख्या १ हजार ४८४ पुगेको छ ।

अधिकारीहरुले विहीबार मात्रै १ हजार ५१ जना कोरोनाका विरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बताएका छन् । यससंगै निको हुनेको संख्या ६ हजार ७२३ पुगेको बताइएको छ ।

यसैबीच कोरोनाको इपिसेन्टर रहेको उहानका लागि थप २ हजार ६०० मेडिकल सैनिक पठाइएको छ । विहीबार सैन्य आयोगका प्रमुख समेत रहेका राष्ट्रपति सि जिङ पिङले उनीहरुलाई वुहान जाने स्वीकृति प्रदान गरेका छन् ।

ती मेडिकल सैनिकले वुहानमा कोरोना भाइरस संक्रमितको उपचार गर्न बनाएको ८६० बेडको नयाँ टाइकानगेटान्जी अस्पताल र हुवेई प्रान्तले बनाएको ७०० बेडको नयाँ महिला तथा बाल अस्पताल सञ्चालन गर्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *