केडीसीमा संक्रमण नियन्त्रण व्यवस्थापन सम्वन्धि कार्यशाला गोष्ठी

काठमाडौँ, २९ माघ । कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) मा संक्रमण नियन्त्रण व्यवस्थापन सम्वन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । ला ट्रोव युनियभर्सिटी अष्ट्रेलियाको सहयोगमा केडीसीले मंगलबार र बुधबार गरी दुई दिन गोष्ठीको आयोजना गरेको हो ।

गोष्ठीमा भाग लिन पाल्पा, कास्की, नवलपरासी लगायतका स्थानबाट डेन्टल सर्जन, डेन्टल हाइजिनिष्ट, डेन्टल चियर साईड असिस्टेन्ट तथा स्टेरिलाइजेसन प्राविधिकहरु आएका थिए ।

सहभागीहरुलाई लाट्रोभ युनिभर्सिटीका ओरल हाइजीन प्रोग्राम कोअर्डिनेटर डा रोन क्नेभल तथा टाफ सा अष्ट्रेलियाका विशेषज्ञ किली डाइमान्नो तथा सोन्जा डी माट्टेओले संक्रमण नियन्त्रण, रेडिग्राफिक इन्टरप्रिटिएसन तथा सिल्भर डाइमाइन फ्लोराइड सम्वन्धी तालिम दिएका थिए ।

समापनको अवसरमा बोल्दै केडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले मुख तथा दाँतको उपचारको क्रममा संक्रमण नियन्त्रणको व्यवस्थापन राम्रो नभएमा क्षयरोग, एचआईभी, हेपाटाइटिस, हर्पिस तथा अन्य सरुवा रोग सजिलै सर्न सक्ने बताए । उनले हरेक दन्त क्लिनिक तथा अस्पतालले सो को पूर्ण व्यवस्थापन गर्न जरुरी रहेको भन्दै यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *