नयाँ कारोना भाइरसबाट मृत्यु हुनेको संख्या ८१३ पुग्यो

एजेन्सी । चीनमा नयाँ कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढेको छ । शुक्रबारमात्रै थप ८९ जनाको मृत्यु भएको छ । अघिल्लो दिन बिहीबार ८६ जनाको मृत्यु भएको थियो ।

चिनियाँ स्वास्थ्य आयोगका अनुसार यो भाइरसबाट अहिलेसम्म चीनमा ८१३ जनाको ज्यान गएको छ । यो सन् २००२ – ००३ मा फैलिएको सार्स रोगबाट विश्वभर भएको मृत्युसंख्या बराबर हो ।

शुक्रबारको तुलनामा शनिबार नयाँ संक्रमण केही घटेको छ । शनिबार २ हजार ६५६ जनामा नयाँ संक्रमण भेटिएको छ । शुक्रबार यो संख्या ३ हजार ३८५ थियो ।

शनिबार पनि धेरै नयाँ संक्रमण र मृत्यु हुनेको संख्या हुवे प्रान्त नै रह्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *