नोभेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६३६ पुग्यो, नयाँ संक्रमण भने घट्दो क्रममा

एजेन्सी । चीनमा नोभेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या नघटेपनि नयाँ संक्रमितको संख्या भने घट्दो क्रममा छ । यसले नयाँ कोरोना भाइरस अब नियन्त्रण उन्मुख भएको अधिकारीहरुले बताएका छन् ।

चिनियाँ स्वास्थ्य आयोगका अनुसार बिहीबार मात्रै थप ७३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा यो भाइरसको मुख्य उदगमस्थल हुवेई प्रान्तका ६९ जना र बाँकी अन्य प्रान्तका हुन् ।

मृत्यु हुनेको संख्या नघटेपनि नयाँ संक्रमितको संख्या भने दिनप्रतिदिन घटन थालेको छ । विहीबार ३१४३ जनामा नयाँ संक्रमण देखिएको छ । बुधबार नयाँ संक्रमितको संख्या ३ हजार ६९४ जनामा नयाँ संक्रमण भेटिएको थियो ।

मंगलबार संक्रमितको संख्या ३ हजार ८८७ थियो । नयाँ संक्रमण घटेसंगै चीनले कोरोनाभाइरस नियन्त्रणको अभियानमा सफलता पाउन थालेको विज्ञहरुले बताएका छन् ।

आयोगका अनुसार विहीबारसम्म नयाँ कोरोनाभाइरसबाट संक्रमणमा पर्नेको संख्या विश्वभर ३१ हजार ४५२ पुगेको छ ।

३१ डिसेम्वर २०१९ का दिन पहिलो पटक पत्ता लागेको यो भाइरसको आतंकपछि विश्व स्वास्थ्य संगठनले अहिले ग्लोवल हेल्थ इमरजेन्सी घोषणा गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *