नेपाल चिकित्सक संघको निर्वाचन : मतपत्रको विषयमा विवाद, मतगणना स्थगित

काठमाडौँ, २२ माघ । निर्वाचन समितिले नेपाल चिकित्सक संघको अघि साँझ देखि शुरु भएको भनिएको मतगणना प्रक्रिया स्थगित भएको छ । उम्मेद्धारबीच विवाद कायम रहेको भन्दै समितिको आकस्मिक बैठकले मतगणना कार्य स्थगित भएको जनाएको हो ।

निर्वाचन समितिले नेपाल चिकित्सक संघको अघि साँझ देखि शुरु भएको भनिएको मतगणना प्रक्रिया स्थगित भएको छ । उम्मेद्धारबीच विवाद कायम रहेको भन्दै निर्वाचन समितिको आकस्मिक बैठकले मतगणना कार्य स्थगित भएको जनाएको छ ।

समितिले राती जारी गरेको सूचनामा जुम्ला, दाङ, सुर्खेत र लुम्विनीको मतपत्र खन्याएर मिलाइसकेपछि पुन काठमाडौँमा मतदान गरेका चिकित्सकको नामावली र हस्ताक्षर विषयलाई लिएर विवाद खडा गरिएको बताइएको छ ।

स्रोतका अनुसार चार ठाँउको मतपत्र खन्याएर मिलाइसकेपछि पेशागत समावेशी समूहबाट महासचिव पदमा उठेका मधुर बस्नेतले जुम्ला र काठमाडौँमा भएको मतदानमा केही गढबढ भएको आशंका जनाउँदै चिकित्सकको नामावली र हस्ताक्षर हेर्न माग गरेका थिए । त्यसलाई निर्वाचन समितिले असान्दर्भिक माग भन्दै सम्वोधन गरेन् । त्यसपछि विवाद पुन बल्झिएको थियो ।

निर्वाचन समितिले भने विवादकाबीचमा मतगणना नगर्ने भन्दै पुन मतपत्र शिलवन्दी गरेर छाडेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *