चीनमा नयाँ कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ३६१ पुग्यो

बेइजिङ । चीनमा नयाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६१ पुगेको छ । चिनियाँ स्वास्थ्य आयोगका अनुसार आइतबार बेलुकासम्म १७ हजार २०५ जनामा संक्रमण भएको पुष्टि भएको छ ।

आयोगले आइतबार मात्रै ५७ जनाको मृत्यु भएको र २ हजार ८२९ जनामा नयाँ संक्रमण देखिएको बताएको छ । यो संख्या शनिबारको तुलनामा केही बढी हो । शनिबार ४५ जनाको मृत्यु भएको थियो भने २ हजार ५९० जनामा नयाँ केश देखिएको थियो ।

आइतबार मृत्यु हुनेमा ५६ जना हुवे प्रान्तका हुन् भने एक जना चोङक्वीङ प्रान्तको हो । हुवे प्रान्तमा आइतबार २ हजार १०३ जनामा संक्रमण भेटिएको थियो । जसमध्ये ५६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । यो प्रान्तमा शनिबार १ हजार ९२१ जना नयाँ संक्रमण र ४५ जनाको मृत्यु भएको थियो ।

चीन बाहिर करीब दुई दर्जन देशमा आइतबार बेलुकासम्म १७१ जनामा संक्रमण भएको अधिकारीहरुले पुष्टि गरेका छन् ।

संक्रमण र मृत्युको दर बढदैजाँदा स्थिति विश्वव्यापी रुपमा भयावह बन्दै गईरहेको छ । विश्व स्वास्थ्य संगठनले ग्लोबल हेल्थ इमरजेन्सी लागू गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *