चीनमा नयाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५९ पुग्यो, ११,७९१ जनामा संक्रमण

एजेन्सी । चीनमा नयाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५९ पुगेको छ । देश भित्रका ३१ वटा प्रान्तमा भाइरसबाट संक्रमितको संख्या ११ हजार ७९१ पुगेको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ ।

नयाँ कोरोना भाइरसको उदगमस्थल मानिएको हुवे प्रान्तमा शनिबार ४५ जनाको मृत्यु भएको र १ हजार ३४७ जनामा संक्रमण देखिएको अधिकारीहरुले बताएका छन् ।

ठिक एक महिना अघि चीनको हुवे प्रान्तस्थित वुहान शहरमा देखा परेको यो भाइरस अहिले चीन बाहिर कम्तिमा २२ वटा देशमा देखा परिसकेको छ । अहिलेसम्म ती देशहरुमा १२० जनामा संक्रमण देखा परेको छ । यद्धपी मृत्यु भने भएको छैन् ।

संक्रमण र मृत्युको दर तिब्रगतिमा बढ्दै जाँदा विश्व स्वास्थ्य संगठनले गत शुक्रबार मात्रै ग्लोबल पव्लिक हेल्थ इमरजेन्सी घोषणा गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *