रुपन्देही : ‘प्रदेश जनस्वास्थ्य प्रयोगशाला’स्थापना

404
Shares


रुपन्देही, १७ माघ । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले बुटवलको रामनगरमा ‘प्रदेश जनस्वास्थ्य प्रयोगशाला’स्थापना गरेको छ ।

सामाजिक विकासमन्त्री सुदर्शन बरालले बिहीबार शुभारम्भ गर्दै मन्त्रालयले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिए । मन्त्रालयका सचिव डा गोपीकृष्ण खनालले तीन तहका सरकार मिलेर स्वास्थ्य सेवालाई एकीकृत ढङ्गले लैजान आवश्यक रहेको बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले प्रदेशस्तरीय प्रयोगशालाको लागि तिलोत्तमा नगरपालिका जग्गा दिन तयार रहेको जानकारी दिए ।

प्रयोगशाला कार्यालयका निमित्त प्रमुख डा राजेन्द्र गिरीले कार्यालयमा अहिले १२ जनाको दरबन्दी रहेको जानकारी दिँदै प्रयोगशालाको लागि नमूना लिन शुरु गरिने जानकारी दिए ।   रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *