कोरोना भाइरस : टेकु अस्पतालमा छ बेडको आइसोलेसन वार्ड, दुई जना भर्ना दुई जना डिस्चार्ज

काठमाडौँ, १३ माघ । कोरोना भाइरसको संक्रमण फैलँदै जाँदा टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले यसपटक आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ ।

छ बेडको उक्त वार्डमा सोमबार सम्म पाँच जना भर्ना भईसकेका छन् । ती मध्ये तीन जना डिस्चार्ज भएका छन् । बाँकी दुई जना भने अहिले पनि आइसोलेसन वार्डमै रहेर उपचार गराईरहेका छन् ।

नेपालमा अहिलेसम्म १ जनामा मात्रै कोरोना भाइरस पोजेटिभ देखिएको छ । तर कोरोना भाइरस पोजेटिभ भएको रिपोर्ट भने विरामी उपचार पछि निको भएर घर फर्किसकेपछि मात्रै आएको हो ।

‘त्यसबेला कोरोना भाइरस परीक्षणका लागि बिरामीसंग स्याम्पल झिकेर हंङकंङ पठाउनु पर्दथ्यो । त्यसैले ढिला भएको हो । अब भने कोरोना भाइरसको परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै हुन थालेको छ । अब छिटो हुन्छ,’ अस्पताल स्रोतले भन्यो ।

चीनबाट फर्केकी प्रोफेर र विद्यार्थी आइसोलेसन वार्डमा, भुटानी शरणार्थी र अर्का एक सर्वसाधारण डिस्चार्ज
टेकु अस्पताल स्रोतका अनुसार अस्पतालको आइसोलेसन वार्डमा कोरोना भाइरस संक्रमणको आशंकामा भर्ना भएका चार मध्ये दुई जना मात्रै उपचाररत छन् । दुई जना भने सोमबार दिउसो डिस्चार्ज भएका छन् । ‘एक जना अमेरिका गएका भुटानी शरणार्थी  हुन् । जो हिजो बेलुका एयरपोर्टको थर्मल स्क्यानरबाट ज्वरो भेटिएपछि सिधै टेकु पठाइएको थियो । अर्को एक जना चीनबाट फर्केका सर्वसाधारण थिए । उनीहरुमा पोजेटिभ देखिएन अनि आजै डिस्चार्ज भए । बाँकी दुई जना आइसोलेसन वार्डमै छन् । उनीहरुको आज स्याम्पल टेष्टका लागि प्रयोगशालामा पठाइएको छ । सम्भवत भोलिसम्म रिपोर्ट आउला,’ अस्पताल स्रोतले भन्यो ।

स्रोतका अनुसार अहिले आइसोलेसन वार्डमा रहेका दुई विरामीहरुमा एक जना चीन गएकी नेपाली प्रोफेसर र एक जना चीनमा अध्ययन गरी फर्केका विद्यार्थी हुन् ।

आइसोलेसन वार्डमा के हुन्छ उपचार ?
उपचार खासै केही हुँदैन । राउण्डमा डाक्टर र नर्स सुरक्षित पहिरन सहित वार्डमा प्रवेश गर्छन । ‘बिरामीका लागि छुट्टा छुट्टै क्याविन हुन्छ । ज्वरो आए सिटामोल दिने हो । अरु औषधि खासै हुँदैन,’ स्रोतले भन्यो ।

भर्ना भएका बिरामीको उपचार निशुल्क
टेकुमा कोरोना भाइरसको उपचार निशुल्क हुने गरेको छ । आइसोलेसन वार्डमा भर्ना भएका विरामीले कुनै पनि शुल्क तिर्नु पर्दैन् । प्रयोगशाला परीक्षण पनि सरकारले निशुल्क गर्न निर्देशन दिएको छ । त्यसैले कसैले पनि पैसा तिर्नु पर्दैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *