अपोलोको उपचारले श्रेष्ठले पाए नयाँ जीवन


काठमाडौँ, २६ पुस । मस्तिस्कको जटिल शल्यक्रिया गरी भारतको दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले एक जना नेपालीको ज्यान बचाएको छ । झापाका ४८ बर्षीय नारायणकुमार श्रेष्ठको अपोलोका बरिष्ठ न्युरो सर्जन डा प्रणवकुमारको टोलीले शल्यक्रिया गरी ज्यान बचाएको हो ।

श्रेष्ठको त्यसअघि नेपालकै एक अस्पतालमा शल्यक्रिया गरिएको थियो । ‘यहाँ गरिएको शल्यक्रिया सफल नभएपछि सेकेण्ड ओपिनियनका लागि अपोलो पुगेको थिएँ । त्यहाँ मेरो रिपोर्ट हेर्ने वित्तिकै डा प्रणवकुमारको टोलीले पुन शल्यक्रिया गर्नुपर्ने भन्नु भयो । र गर्नुभयो । आज म यो अवस्थामा छु,  ठिक छु,’ अपोलोद्धारा शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भने ।

त्यसअघि बरिष्ठ न्युरो सर्जन डा प्रणवले श्रेष्ठको केश र न्युरो सर्जरीमा भित्रिएको नयाँ उपचार पद्धतीको बारेमा जानकारी दिएका थिए ।

उनले अपोलोमा भएको दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिले श्रेष्ठको उपचार सम्भव भएको बताए । उनको दायाँ मस्तिस्कमा साढे छ सेन्टिमिटरको ट्युमर जेलिएको अवस्थामा थियो । र उनको रगत ए नेगेटिभ थियो । यो अवस्थामा हामीले एकदमै सावधानीपूर्वक उपचार गर्नुपर्दथ्यो । हामीले ‘पेटरियोनल सर्जरी टेकनिक’ प्रयोग गरी यसलाई सफल बनायौँ,’ पत्रकार सम्मेलनमा उनले भने ।

कार्यक्रममा अपोलो अस्पतालले न्युरो सर्जरीमा नेपाली विरामीका लागि दिइएको सेवा र सहुलियतको बारेमा समेत जानकारी गराईएको थियो ।

अपोलोमा उपचार गर्न निकै धेरै नेपालीहरु जाने गरेका छन् । १२ बर्ष अघि प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण समेत सोही अस्पतालमा भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *