बाल शल्य चिकित्सक संघमा नयाँ कार्यसमिति, अध्यक्षमा प्राडा चौधरी

काठमाडौँ, २६ पुस ।  नेपाल बाल शल्य चिकित्सक संघको अध्यक्षमा प्राडा रामनन्दनप्रसाद चौधरी चयन भएका छन् । शुक्रबार सम्पन्न संघको चौथो साधारण सभाले प्राडा चौधरीको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

उपाध्यक्षमा प्राडा रामेश्वर प्रसाद पोखरेल, महासचिवमा डा अनुपमा थापा, सहसचिवमा डा गेहराज दाहाल, कोषाध्यक्षमा डा विजय थापा र सहकोषाध्यक्षमा डा रमना राजकर्णिकार चयन भएका हुन् ।

यसैगरी, सदस्यहरूमा डा पुष्कर पोखरेल, डा मनिष पोखरेल, डा ज्यस्मिन बज्राचार्य, डा आशिष लाल श्रेष्ठ चयन भएका छन् ।
एघार सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । संघका निवर्तमान अध्यक्ष डा नारायण बहादुर थापा हुन् ।

संघका नवनिर्वाचित अध्यक्ष डा चौधरीले आफ्नो संस्थामा कुल १९ जना आजिवन सदस्य रहेको बताए । नेपालमै कुल २८ जना मात्रै बाल शल्यचिकित्सक रहेको उल्लेख गर्दै नयाँ कार्यसमितिले संस्था बाहिर भएकाहरुलाई समेत गोलवद्ध गर्ने जानकारी दिए ।

बाल शल्यचिकित्सक संघ जन्मेदेखि १८ वर्ष सम्मका बालबालिकाको शल्यक्रिया गर्ने विशेषज्ञ चिकित्सकहरुको साझा संस्था हो ।

नेपालमा नवजात शिशु एवं बाल मृत्युदर कम गर्न यी विशेषज्ञ शल्य चिकित्सकहरुको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।
अध्यक्ष चौधरीले विशिष्टीकृत सेवाले बालमृत्युदर कम गर्न सहयोग हुने भन्दै नेपालमा पनि प्रत्येक प्रदेशमा बाल अस्पतालको आवश्यकता रहेको बताए । उनले झण्डै ४० प्रतिशत बालबालिका रहेको नेपालमा अझ धेरै बाल विशेषज्ञ चिकित्सकहरुको आवश्यकता रहेको जनाए ।
नयाँ कार्यसमितिको पदावधी २ बर्षको रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *