आयोग उपाध्यक्ष डा गिरी भन्छन् : ‘प्रसाईँको आरोप मित्थ्या हो, म द्धारिका पनि गएको छैन’

काठमाडौँ, २३ पुस ।  चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले आफूमाथि लगाएको २० करोड घुस मागेको भन्ने आरोप मित्थ्या भएको बताएका छन् ।

प्रसाईले पत्रकार सम्मेलन गरेको तीन घण्टा नवित्दै उपाध्यक्ष डा गिरीले अर्को पत्रकार सम्मेलन गरी घुस मागेको भन्ने आरोपको खण्डन गरेका हुन् ।

‘दुर्गा प्रसाईले म विरुद्ध लगाईएको आरोप मित्थ्या, कपोलकल्पित, भ्रामक र निन्दनीय छ । यो आरोपको पुष्टी गर्न चुनौती दिन चाहन्छु,’ डा गिरीले भने ।

उनले प्रसाईँले भने जस्तो आफू द्धारिका होटलमा भेटन नगएको समेत दावी गरेका छन् । उनले आफ्नो चरित्र हत्या गर्न भ्रामक समाचार लेखाएका भन्दै त्यस विरुद्ध आफू कानूनी बाटो अवलम्बन गर्ने समेत बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *