‘थितिको आरम्भ स्वास्थ्य मन्त्रालयबाटै शुरु गर्नुपर्ने रहेछ’

  • भानुभक्त ढकाल

कुरा कानून मन्त्रालयबाटै शुरु गरौँ । अघिल्लो बर्ष मैले कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेको १० १२ दिन पछि अर्थात १ भदौ देखि मुलुकी देवानी संहिता २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ) संहिता २०७४ र मुलुकी कार्यविधि संहिता २०७४ लगायतका कानुन लागू हुने चरणमा थियो ।

नयाँ कानून पारित भएर लागू हुने अवस्थामा पुगिसक्दा बल्ल चिकित्सक साथीहरुले थाह पाउनु भएछ । त्यसपछि संस्थागत रुपमा डेलिगेसन आउन थाल्नुभयो ।

नेपालको संसदीय इतिहासमा संसदमा सैदान्तिक छलफल भएर दफावार छलफलका लागि पठाएपछि चिकित्सक संघको साथीहरुले डेलिगेसन गएपछि यी विषय सम्वोधन गर्नु परयो भनेर उहाँहरुले उठाएका मागलाई मैले नै सबैतिर सोझै पत्र लेखेर यी यी मुद्धाहरु एड्रेस गर्नुपरयो भनेर तद अनुरुप कानून यो मात्रामा परिमार्जन गर्नुको निम्ती म सहयोगी नै भए भन्ने लाग्छ ।

यो कानूनमा अझ केही मिलाउनु पर्ने छ । मैले चिकित्सक साथीहरुलाई केही अघि पनि भनेको थिएँ । त्यो जिम्मा मैले पुरा गर्छु । किनभने त्यसबेला प्रतिनिधिसभामा पास भयो तर परिमार्जन गर्नुपर्ने कुरा छुटेर गयो । मलाई सम्झना छ संसदको अन्त्य गर्ने दिन थियो त्यसलार्य करेक्सन गर्दा तल प्रतिनिधि सभाले नभ्याउने भएकोले जति भएका छन् ठिक छ नभएकालाई पछि सुधारौँ भन्ने सहमति भएको थियो । त्यसैले अहिले पनि भन्छु यसको जिम्मा मैले लिने छु । अहिले स्वास्थ्यमा आएपनि त्यो बोलेको कुरा मैले पुरा गर्छु ।

अहिले पनि मलाई कस्तो लाग्छ भने कानून बनाउने कुरामा हामी अघि नै छौँ तर जनतालाई अधिकार सम्पन्न गर्ने कुरामा अलि पछि पो हो कि ? मैले कानून मन्त्रालयको नेतृत्वको लिएको १६ महिना नेपालका इतिहासकै लागि एउटा अविस्मरणीय समय हो भन्ने लाग्छ । बनेका कानूनको प्रभावकारी कार्यान्वनय गर्न राज्यले कति सक्ला त्यो पछि देखिएला तर अधिकार दिने कुरामा कन्ज्युस्यायी गरिएको छैन ।

स्वास्थ्यमा मेरो सरुवा

कानून मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा मेरो नेतुत्वमा संसदबाट २४२ वटा कानून बनाउन सफल भयौँ । दुई चार वटा विषयमा बाहेक हुन्छ र हुन्न भन्ने प्रक्रियामा जान नै परेन । अर्थात सर्वसम्मतीले अधिकांश कानुन पास भएका छन् ।

सायद त्यहि काम देखेर अथवा किन हो अहिले मन्त्रीमण्डल पुर्न गठन भएपछि सम्माननीय ज्यूले मलाई सरुवा गरी स्वास्थ्य मन्त्रालयमा पठाउनु भएको छ । यहाँ आएको १ महिना भएको छ । यो अवधी मेरा लागि एकदमै छोटो जस्तो लागेको छ । पुस महिनामा दिन छोटो भएर छोटो भएको हो अथवा नयाँ क्षेत्रमा गएर त्यो अध्ययन गर्दा खेरी त्यो विषयले छोटो भएको हो थाह भएन तर मलाई छोटो जस्तो लागेको छ ।

अहिलेसम्म म बुझ्ने क्रममा लागि रहेको थिएँ र छु । कानून मन्त्रालयमा काम गर्दा खेरी एउटै सिस्टम र एउटै ढाँचामा गर्दा भैहाल्थ्यो । मन्त्रालय र त्यसमा आफ्नै विषयसंग सम्वन्धित भयो । तर यो त बहु आयामिक क्षेत्रसंग सम्वन्धित विषय रहेछ ।

सरकारी स्कुलमा पढि रहेको विद्यार्थीलाई एक्कासी बोर्डिङमा पठाएजस्तो

मेरो स्वभाव आफूसंग सम्वन्ध नभएको विषयमा त्यति चासो राख्दिन । पहिले यो मन्त्रालयको जिम्मेवारी नहुँदा धेरै चासो लिनु पर्दैन जस्तो लाग्थ्यो । तपाईँहरुलाई भनु म यो स्वास्थ्य मन्त्रालयमा आएको एक महिना अघि पदवहाली भएको दिनमा नै पहिलो पटक हो । त्यसअघि पनि म पार्टीको प्रमुख सचेतक थिएँ तर यहाँ आएको रहेनछु ।

मेरो स्वभाव आफूलाई दिएको जिम्मेवारी पुरा गर्नुपर्छ । त्यसैमा डुवेर लाग्नुपर्छ भन्ने हो । यहाँ आएपछि म विश्वविद्यालयमा भर्ना भएर पढन लागेको एउटा नयाँ विद्यार्थी जस्तो भएको छु ।

र मैले धेरै ठाँउमा भन्ने गरेको छु मलाई लागेको अनुभुति जस्ताको तस्तै सेयर गर्ने गरेको छु कि म यो स्वास्थ्य संग सम्वन्धीत विषयको जानकार होइन, म यो विषयको विद्यार्थी पनि होइन । कानून मन्त्रालयबाट यता सरुवा भएपछि अहिले मलाई कस्तो लागेको छ भने ५ – ६ कक्षामा सरकारी स्कुलमा पढदै गरेको विद्यार्थीलाई अभिभावकले अझ राम्रो गरोस भनेर ५- ६ कक्षामै बोर्डिङ स्कुलमा लगेर भर्ना गरिदिँदा जति असजिलो फिल हुन्छ मलाई त्यस्तै अनुभुति भएको छ । तर अव म संग पढने बुझने र यसलाई पार लगाउने भन्दा अरु विकल्प मसंग छैन । र म निष्ठा र इमानका साथले त्यो कुरा पुरा गर्न सक्छु भन्ने विश्वासमा छु ।

फेरी कानूनकै कुरा गरु, म यहाँहरुलाई के विश्वास दिलाउन चाहन्छु भने हिजो कानुन बन्दा कुन प्रक्रियाबाट बन्यो त्यसमा मेरो सम्लग्नता छँदै थियो सरकारको सम्लग्नता छदैँ थियो । सरोकारवालासंग छलफल गरेर तयार गरियो कि गरिएन भन्नेकुरा कानून मन्त्रालयसंग सरोकारको विषय होइन ।

स्वास्थ्यसंग सम्वन्धीत विषय स्वास्थ्य मन्त्रालयबाटै तयारी गर्नुपर्ने हो । कानूनसंग बाझिएको छ कि छैन रित पुगेको छ कि छैन ? भन्ने कुरा मात्रै कानून मन्त्रालायले हेर्ने हो । तर पास भएर आएका कानुको पनि खुल्ला दिलका साथ यी कानुनहरुले कहाँ कहाँ असर गर्छ ? कहाँ कहाँ अफ्टेरो पारेको छ त्यसको डकुमेन्ट तयार पारौँ त्यसलाई संसोधन गर्नुपर्छ भने अगाडी बडौँ । नियमावली र गठन आदेशका कारण भएका अफ्टयारा हटाउन संसोधन, परिवर्तन, नयाँ ल्याउन वा खारेज गर्नका लागि म र मेरो तर्फबाट गर्नुपर्ने सबै काम मैले जिम्मा लिन्छु । मन्त्री भएको हिसावले मैले लिन्छु ।

आफै सर्माई सर्माइ राजनीति गर्दिन
मैले धेरै ठाँउमा भनेको छु र यहाँ पनि के विश्वास दिलाउन चाहन्छु भने हिजो कतिपय निर्णयहरु विलम्ब भयो । त्यो कारणले पनि यो क्षेत्रमा प्रतिकुल प्रभाव परेको होला । अब समयमै निर्णय गराउने जिम्मेवारी मेरो हो । मैले ढिलाई गरेर मन्त्रिपरिषदबाट अनिर्णयको बन्दी हुने स्थितिबाट स्वास्थ्य क्षेत्रलाई म मुक्त गर्छु । यसमा तपाईँहरुको पनि साथ सहयोगको स्वभाविक रुपमा चाहिन्छ ।

म यो यो गर्छु भनेर पहिले ठूला कुरा गर्ने र पछि त्यहि पुरा गर्न नसकेर सर्र्माई सर्माई राजनीतिको राजनीतिको नेतुत्व गरिरहनुपर्छ भन्ने मान्यता म राख्दिन । थोरै गर्ने हो बरु जति गरिन्छ राम्रो गरिन्छ ।

यसलाई नयाँ ढंगले अघि बढाउन हामी भोलि सल्लाह पनि गरौँ । पुग्ने कुरा नै गरौँला । बोलेको कुरालाई तपाईँलार्य भरोसायुक्त ढंगले त्यसलाई व्यवहारबाटै पुष्टी गरौँला ।

म पदको दुरुपयोग गर्ने छैन
म एकदम निसन्देहका साथ बहुत ढुक्क र बहुँत प्रष्टसाथ के भन्न सक्छु भने मैले राजनीति गरेर जनताको सेवा गर्नका लागि प्राप्त गरेको पद त्यसको दुरुपयोग गरेर मेरो निजी स्वास्थ्य पुरा गर्नका लागि पैसा कमाउने कुराका लागि प्रयोग गर्ने छैन । यो मेरो सार्वजनिक प्रतिवद्धता हो ।

यो कुरा मैले किन दोहोरयाई राखेको छु भने अहिले के भन्दैछु र भोलि यो मन्त्रिमण्डलबाट निस्कदै गर्दा उस्तै देख्न पाउनुहोस भनेर यो भनेको हो । मलाई स्वास्थ्यमा कुनै आग्रह पूर्वाग्रह राख्नु छैन् । जुन सुकै आस्था विश्वास बोकेका व्यक्तिहरु हुन राम्रोलाई राम्रो भन्ने मान्छेहरु भयो भने उहाँहरुसंग सहकार्य गर्ने कुरा र हात मिलाएर हिडने कुरामा मलाई कुनै अफ्टेरोमा छैन । तर मैले यहाँ आएको दिनमा नै मेरो आफ्नो विश्वास के हो भने हिजो कति वेथिति भयो त्यता तिर नजाउ । थिएन होला भन्छु म किनभने त्यहि सरकारको निरन्तरतामा म यहाँ आएको हुँ ।

सरकारको नेतृत्वको सम्लग्नतामा अनियमितता र वेथितिहरु हुने अवस्था थियो भने पनि म मन्त्री भएर स्वास्थ्य मन्त्रालयमा छिरेपछि त्यो दिन इतिहासमा थियो भन्ने कुरा प्रमाणित गर्नेछु । मलाई अनियमितता गर्ने मान्छे चाहिएको छैन । मेरो नाममा कसैले अनियमितता गर्छ भने खबरदारी मात्रै होइन त्यसलाई एक्सन लिने सम्मको कुराको अगुवाई मैले गर्छु । न्युनिकरण हुने कुरा त म आए देखिनै विश्वस्त छु । तर मेरो पहल कदमी त्यसलाई सून्यमा पुरयाउने कुरामा हुनेछ ।

स्वास्थ्यमा धेरै कुराहर मैले बुझिसकेको छैन । तल जाँदा साथीहरुले विभिन्न खालका कुराहरु भन्नु भएको छ । महंगा महंगा औजारहरु किनिएका छन् , प्रूयोगमा आएका छैनन सेवाग्राही लावान्वित हुन पाएका छैनन् । के बाध्यता परयो ? हामीले करोडौँ करोड हालेर मेसिन किनियो प्रयोग गर्न सकिएन । किन्नु अघि त्यो खालको सोचाई नभएर हो वा किन्ने कुरामै अतिरिक्त कुरा थियो ? अहिले अब त्यता कुरा थालौ भने त्यता कुरा बुझ्नै गाह्रो होला । मन्त्रालय बुझने क्रम संगसंगै वेथितिका यस्ता अध्यायहरुका बारेमा पनि सम्वन्धीत यस क्ष्ँोत्रका विज्ञहरसंग परामर्श लिई यथोचित जवाफ लिई जनतामाझ जानुपर्छ भन्ने मान्यता मैले राखेको छु ।

उस्तै सरकारी अस्पताल, उस्तै काम उस्तै पद सुविधा किन फरक ?

हामी कान्ति अस्पताल अनुगमनमा जाँदा त्यहाँका नर्सहरुले भन्नु भयो हामी र वीर दुबै सरकारी अस्पताल, तर वीरमा ५० प्रतिशत जोखिम भत्ता दिइन्छ । यहाँ त्यो छैन । जोडिएकै सरकारी अस्पतालमा सेवा सुविधाको विषयमा एक रुपता छैन भने यसलाई कसरी विधिमा लैजाने म भन्दा तपाईँहरु नै यसमा जानकार हुनुहुन्छ यो क्षेत्रमा ।

यसलाई एक रुपतामा ढाल्न के गर्नुपर्छ ? यस्ता कतिपय कुराहरु पनि हामीले गर्नु पर्छ । धेरै तल जाँदा मान्छेको इच्छा आकाक्षा धेरै छन् । तत्काल हामीले कति सम्वोधन गर्न सक्छौँ ? यो एक महिनाको अवधीमा मैले पढ्ने क्रममा करीब करीब काठमाडौँका संस्थागत हिसावले करीब करीब सबैठाँउमा स्थलगत रुपमा पुगेर ब्रिफिङ लिइयो ।

मन्त्रालयमा त्यो व्यवस्था किन गरिएन भने कम्तीमा सम्वन्धित ठाँउमै गर्दा त्यहाँका डाक्टर नर्स, र सेवाग्राहीको समेत कुरा सुन्न पाइन्छ । रिपोर्ट त्यति फेक पनि हुँदैन । आफूले मात्रै एक्लै प्रस्तुत गर्दा र १५ जना डाक्टरको बीचमा बोल्नुपरयो भने पनि सम्वन्धीत व्यक्तिले केही सोचेर बोल्नुपर्छ ।

काठमाडौ बाहिर राज्यमन्त्री ज्यू नेपालगञ्ज र सुर्खेतको अस्पताल निरीक्षण गर्नुभयो । मैले भरतपुर क्यान्सर अस्पताल, भरतपुर अस्पताल र कोशी प्रादेशिक अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समेत अवलोकन गरेँ । समस्या के के रहेछन भन्ने थोरबहुत जानकारी भएको छ र समाधानमा कसरी लाग्ने भन्ने बारेमा पनि अहिले अन्तरक्रियामै छु । हाम्रो चिकित्सासंग सम्वन्धीत प्रतिष्ठानको बारेमा पनि अन्तरक्रियामै छु । अरु क्षेत्रसंग पनि अन्तरक्रियामा छ ।

थितिको आरम्भ स्वास्थ्य मन्त्रालयबाटै गर्नुपर्छ

एक महिनाको यो अवधीमा अफ्टेरो मलाई के भएको छ भने यो चाही कमजोरी रहेछ भनेर अलि बास्तविक कुरो जम्मै भनौ भने पनि आफ्नै मन्त्रालयको बारेमा जम्मै कुरा भन्छ भनेर आफ्नै विश्वासप्रति कमजोर बनाउछ कि भन्ने लाग्छ । तर थितिको आरम्भ स्वास्थ्य मन्त्रालय भित्रैबाट गर्नुपर्छ भन्ने कुराको अनुभूति भईरहेको छ ।

किनभने राम्रो बनाउने हो भने त्यो मन्त्रालय भित्र सबैभन्दा राम्रो म हुनुपर्छ । अनिमात्रै मैले राज्यमन्त्री र सचिव ज्यूलाई राम्रो गर्नका लागि भन्न सक्छु । नराम्रो म गर्ने अथवा मेरो नराम्रो कामका लागि मतियार बनाउने हो भने बाहिर राम्रो गर्नुस भनेर दिइने उपदेश कसले मान्छ ? यसले गर्दा राम्रो गराउनुपर्ने त्यहाँ छ ।

मेरो कर्मचारीसाथीहरु प्रति रिस राग आग्रह पुर्वाग्रह केही छैन । कर्मचारी हुँदा जे सर्त र प्रतिवद्धता गरिएको छ राज्यप्रतिको नून खाएपछि राज्यप्रतिकै जवाफदेहिता पहिलो हो भन्ने सकल्प छ व्यवहारबाट पुष्टी हुन्छ कि हुँदैन हुँदैन भने त्यो कुरालाई कसरी गराउनु पर्छ भन्ने कुरा पनि सोच्नु पर्छ ।

अघि चिकित्सक संघका अध्यक्ष ज्यूले पनि भन्नु भएको छ, दवाव आउँछन् । असफलतामा पुरयाएको पनि त्यसैले हो भन्ने मलाई थाहा छ । मैले केही उदाहरण पनि थाहा पाएको छु । यहि उपत्यकामा २ जना दरबन्दी भएको ठाँउमा १२ जना डाक्टर रहनु भएको छ । सरकारले पाल्दा कहिलेसम्म पाल्ने हो ? संस्थाले पाल्नु परयो भने विरामी होइन त्यहि संस्थानै डाक्टर बोकेका कारण थला पर्ने अवस्था छ । एउटा विधि बनाएर आग्रह पुर्वाग्रहका आधारमा होइन तपाईँहरुसंग पनि संस्थागत हिसावले छलफल हुन्छ । डाक्टरसाव संग पनि छलफल गर्छु एउटा विधि बनाएर सेवा नपाएका जनताका बीचमा तपाईँहरुसंग सहकार्यमा त्यसलाई पूर्णता बनाउने काममा म लाग्छु । कहि भने डाक्टर नै डाक्टर कहि डाक्टरकै मुख देख्न नपाएर विरामीले छटपटिनु पर्ने स्थति चाहि अन्त्य गर्छु ।

युवा पुस्ताका डाक्टर ! तपाईँले देश बुझ्नु पर्दैन ?
भर्खरै पढेर आउनु भएका युवा पुस्ताका डाक्टरलाई पनि अनुरोध गर्छु कि विभेद नगर्ने कुराप्रति तपाईँहरुसंग बसेरै कुरा गरौँला । तर राज्यको छात्रबृत्तिमा पढेर आईसकेपछि काठमाडौँ भन्दा बाहिर खुट्टै टेक्दिन भन्ने मनोबृत्तिलाई तपाईँहरुले पनि त्याग्नु पर्छ । देश बुझ्नका लागि तपाईँहरु पनि त जानु पर्छ दुई बर्ष दुर्गममा ।

दुई बर्ष दुर्गममा गयो भने त्यसबापत के इन्सेन्टिभ दिने ? त्यो व्यवस्था पनि गरौँला ।

यसमा केही व्यवस्था हुनसक्छ । तर अहिले नै मैले यो गर्छु भनेर भन्ने अवस्था छैन । किनभने म पहिले नै भने भर्खर विद्यार्थीको रुपमा विश्वविद्यालयमा प्रवेश गरेको छु । अव विस्तारै माहोल बुझेर काम अघि बढाउँछु ।

हिजो प्रतिनिधिमुलक डाक्टरसावसंग अन्तरक्रिया गरियो । विषयगत आधारमा डाक्टरसावसंग छलफल गर्दा सार्थक र परिणाममुखी हुन्छ भन्ने सुझाव आएको छ । भोलिका दिनमा त्यसलाई व्यवस्थित गर्छु । मैले यो भने त्यसकारण यहि गर्न पर्छ भन्ने यहाँहरुसमक्ष मेरो कुरै आग्रह छैन । तैले भनेको कुरा भन्दा यो राम्रो हो भनेर मलाई कन्भिन्स गर्नु भयो भने त्यो राम्रो कुरा बोकेर हिडनु सार्वजनिक पदमा बसेको हुनाले त्यो मेरो नैतिक जिम्मेवारी हो भन्न्ने रुपमा लिएको छु । फलानाले भन्यो त्यो मान्दा म सानो हुन्छु कि भन्ने म छैन ।

नबुझेकै ठाँउमा आएको छु त्यो सिकेरै गर्ने हो । राम्रो कुरा सिक्नका लागि अफ्टेरो असजिलो लाग्दैन । मैले नजानेको कुरा भनिदिनु भयो तपाईँलाई धन्यवाद भन्नका लागि पनि कुनै गाह्रो हुँदैन ।

हामी घेरै छौँ स्थानीय तहमा पुग्छौँ हामी शक्तिशाली छौँ, धेरै छौँ भनेर विधिबाट नचल्दा पनि हुन्छ भन्ने भान भएको हो कि ? अलि अराजक पन यो मन्त्रालयभित्र जवरजस्ती हुर्किएको रहेछ । किनभने ठूला छोँ धरै छौ कसले के गरिहाल्छ र भन्ने पनले सिस्टमको कुरा भन्दा पनि व्यक्तिलाई लागेको आधारमा काम हुने गर्दो रहेछ । यसलाई विधिसम्वत गर्ने कुराको अगुवाई पनि मैले नै गर्छु । यो महिले धेरै ठाँउमा गएर भनेको छु ।

कुनै पनि अस्पतालमा गएर प्रमुखलाई सोध्यो तपाईँकहा डाक्टर कति हुनुहुन्छ ? जवाफ आउन सक्दैन । करीवमा आउँछ संख्यामा आउँदैन । महिनामरेपछि तलव त खन खन गनेरै दिने होला नि ? कतिजनालाई तलव दिने भन्ने कुरा पनि करिव करिवमा हुन्छ ? यो मेडिकल भासा नबुझेर होला । यस्तो पनि छ । त्यसो भएपछि मलाई लागेको छ अहिले नै होइन अलि पछि अव अस्पतालमा चिकित्सकको विवरण देखिने एप्स बनाई सबैले हेर्न सकिने डिजिटल व्यवस्था गर्नुपर्छ भन्नेमा पुगेको छु ।

अन्तमा यतिका चिकित्सकसंग साक्षात्कार गराउनु भयो यहाँहरुलाई धेरै धेरै धन्यवाद ।

# नेपाल चिकित्सक संघले शुक्रबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा व्यक्त गरेको मन्तव्यको सम्पादित अंश

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *