नेशनल मेडिकल कलेज प्रशासन र आन्दोलनरत विद्यार्थीबीच ४ बुँदे सम्झौँता, आन्दोलन स्थगित

356
Shares

काठमाडौँ, २३ मंसिर । नेशनल मेडिकल कलेजका विद्यार्थीहरुले अतिरिक्त शुल्कको विषयमा गर्दै आएको आन्दोलन स्थगित भएको छ । शिक्षा मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा कलेज प्रशासन र विद्यार्थीबीच भएको ४ बुँदे सहमति भएपछि जारी आन्दोलन स्थगित भएको हो ।

सहमतिमा शैक्षिक बर्ष २०७५ /७६ मा विद्यार्थीहरुले पहिलो किस्ताको शुल्क र केही अतिरिक्त शुल्क समेत तिरिसकेको हकमा त्रिवि परीक्षा शुल्क, त्रिवि रजिष्टेशन शुल्क, काउन्सिल रजिष्टेशन शुल्क होस्टेल र खाना सम्वन्धित निकायले तोकिए बमोजिम नै कटौती गरी बाँकी हुन जाने रकम आउँदो किस्ताहरुमा समायोजन गरी एक हप्ता भित्र समायोजनको लिष्ट प्रकाशन गर्ने र सोही आधारमा विद्यार्थीहरुलाई बील उपलव्ध गराउने साथै फिर्ता लान चाहेमा सम्वन्धित अभिभावकले कलेज प्रशासनमा सम्पर्क गरी प्रक्रिया अघि बढाउने ।

सहमतिमा विद्यार्थीको तर्फबाट धनबहादुर तामाङ, प्रमितकुमार मिश्र, अमित यादव लगायत १५ जनाको हस्ताक्षर छ । कलेजका तर्फबाट निर्देशक आविद हुसेन अन्सारी र निमित्त प्रिन्सिपल डा दीपक भारगावाको हस्ताक्षर छ । सहमति हुँदा शिक्षा मन्त्रीका स्वकीय सचिव पुरन केसी सहभागी थिए ।

यस्तो छ सहमति

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *