आयुर्वेद क्याम्पसमा स्ववियूको तालाबन्दी विरुद्ध अनेरास्ववियूको प्रदर्शन

काठमाडौँ, २३ मंसिर । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आयुर्वेद क्याम्पस कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी यूनियनले तीन साता अघि लगाइएको ताला तत्काल खोल्नु पर्ने भन्दै अनेरास्ववियू आन्दोलनमा उत्रिएको छ ।  विद्यार्थीको हक हीतको लागि नभई स्ववियूले कुनै व्यक्तिको स्वार्थका लागि तालाबन्दी गरेको भन्दै आन्दोलनमा उत्रिएको हो ।

क्याम्पस प्रशासनले गत २७ चैतमा शिक्षण सहायक (करार) पदपूर्तिका लागि आवेदन विरुद्ध ३ मंसिरदेखि स्ववियूले तालावन्दी गरेको छ ।

कुनै व्यक्तिका लागि स्ववियूले क्याम्पस लाई अनिर्णयको बन्दी बनाइनु हुँदैन । अनेरास्ववियूका नेता अच्युतशाली घिमिरेले अगाडी थपे, स्ववियूले पटक पटक भएका वार्तामा अस्पष्ट मागहरु राखी खेलाची गर्ने, प्राज्ञिक थलोलाई राजनीतिको अखडा बनाउने काम गरेको छ ।

यो विद्यार्थीहरुलाई सहिय हुने कुरा छैन । उनले स्ववियूको अर्थहिन तालाबन्दीले विद्यार्थीको पढाईमा असर पर्नुका साथै प्रशासनिक कार्यहरु रोकिदा पुनरावृत्ति हुन लागेको बीएएमएसको पाठ्यक्रम पनि अन्योलमा परेको बताए ।

त्यसो त तालाबन्दी पछि प्राध्यापक, इन्टर्न,कर्मचारी,रेजिडेन्टहरुको तलब रोकिनुका साथै परीक्षा दिएर बसेका विद्यार्थीहरुको परीक्षा फल समेत प्रकाशित हुन सकेको छैन।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *