नर्सिङ संघको निर्वाचन : यी हुन् दुई समूहबाट उम्मेद्धार

काठमाडौँ, १५ मंसिर । अगामी पुसमा हुन गईरहेको नेपाल नर्सिङ संघको नयाँ कार्य समिति निर्वाचनका लागि दुईवटा समूहले उम्मेद्धारी दर्ता गराएका छन् ।

नेकपा निकट नर्सहरुको समूहले प्राध्यापक मनकुमारी राईको नेतृत्वमा उम्मेद्धारी दर्ता गराएको छ भने नेपाली कांग्रेस निकट मानिने नर्सहरुको समूहले प्राध्यापक मुना रानाको नेतृत्वमा उम्मेद्धारी दर्ता गराएको छ ।

आगामी ९ पुसका लागि तय गरिएको १९ औँ कार्यसमिति निर्वाचनका लागि नर्स अस्मिता ढकालले सदस्य पदका लागि स्वतन्त्र उम्मेद्धारी दिएकी छन् ।

यसपटक पनि नेकपा र नेका निकट समूहकै नर्सको प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ । नर्सिङ संघमा अहिलेसम्म नेकपा निकट नर्सहरुको प्यानलले बाजीमार्दै आएको छ । तर यसपटक नेका निकट नर्सहरुले इतिहास आफूहरुले कोर्ने बताउन थालेका छन् ।

 

उम्मेद्धार सूची यस्तो छ :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “नर्सिङ संघको निर्वाचन : यी हुन् दुई समूहबाट उम्मेद्धार

  1. आदरणीय पत्रकार ज्यु,
    नमस्कार।
    तपाइले प्रकाशन गरेको समाचार ले स्वतन्त्र नर्स हरु र फरक बैचारिक आस्था भयेका नर्सहरुलाइ ठेस पुगेको छ। समाचार सच्याइयोस र पुन छापियोस।
    यो समाचार कस्ले दियेको हो जानकारी पाउ गलत सुचना प्रकाशन गरि नर्सहरुको मर्यादामा आच आउने कुरा बिचार गरियोस। नर्सहरु ठुलो अन्याय सोशण अनि पिडामा छन र फोहरी राजनिती कै कारण यो भयेको हो। हामी यस्को पक्ष्मा छैनौ । लामो बहस पैरवी छलफल पस्चात सबै बिचारधाराका नर्सहरु लाइ सहभागी गरायेको मिश्रित समुह हो मुना राना को समुह। कृपया काङ्ग्रेस निकट भनी भ्रम प्रचार गर्ने अधिकार र छुट कसैलाइ पनि नभयेको जानकारी गराउदछु। अन्यथा हामिले यस प्रती गम्भिर ध्यानाकर्षण गर्नु पर्ने हुन्छ।
    धन्यवाद।

Leave a Reply to Jita Baral Cancel reply

Your email address will not be published. Required fields are marked *