एनएमए निर्वाचन अपडेट: २७२९ भोट गणना, डा. मंगल-कालुको अग्रता कायमै
गणना कहाँ कहाँ सकियो ?

काठमाडौँ, २० बैशाख । नेपाल चिकित्सक संघ (एनएमए)को जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ । अघि बेलुका सवा ९ बजेसम्म कुल २ हजार ७२९ मत गणना भईसकेको छ ।
पछिल्लो परिणाम अनुसार अध्यक्ष पदमा डा मंगल रावल १२५६ मतका साथ अगाडी देखिएका छन् । दोस्रोमा डा बद्री रिजाल ११४१ मतका साथ उनलाई पच्छ्याई रहेका छन् । तेस्रोमा डा नारायणप्रसाद भुसालले ३०६ मत प्राप्त गरेका छन् ।
बरिष्ठ उपाध्यक्ष पदमा डा सञ्जीव तिवारीले १०८८ मतका साथ अग्रता कायम गरेका छन् । दोस्रोमा डा कीर्तिपाल सुवेदीले १०६२ मतका साथ दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा डा अजयकुमार मिश्रको ४४४ मत आएको छ ।
यस्तै महासचिव पदमा डा कालुसिंह खत्रीले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् । डा खत्रीको १०६९ मत आउँदा दोस्रो स्थानमा डा विश्वराज दवाडीको ९३६ मत आएको छ । तेस्रो स्थानमा डा अमृत भुसालको ६१२ मत आएको छ ।
प्रदेश उपाध्यक्ष तर्फ कोशीमा डा रोशन खड्का १०७५ मतका साथ अग्रस्थानमा छन् । डा टंकप्रसाद बाराकोटीले ९२८ मतका साथ उनलाई पच्छ्याएका छन् । मधेशमा ११०१ मतका साथ अमित रञ्जन मिश्र अगाडी छन् । उनलाई डा उदयनारायण सिंहले ८८४ मतका साथ पच्छ्याएका छन् ।
बागमतीमा ९७४ मतका साथ डा सुवास भट्टराईको अग्रता छ । ८२७ मतका साथ डा अरुण शाही दोस्रोमा छन् ।
गण्डकीमा डा यज्ञराज सिग्देल १२५० मतका साथ अगाडी छन् । डा नवराज लम्डारीले १०९६ मतका साथ उनलाई पच्छ्याएका छन् । यस्तै लुम्बिनीमा डा नन्दाकुमारी गुरुङ १०७० मतका साथ अग्रस्थानमा छिन् । डा सन्तोष पोखरेलले ९९२ मतका साथ उनलाई पच्छ्याई रहेका छन् ।
यसैगरी कर्णालीमा डा रविन खड्का १०५१ मतका साथ अग्रस्थानमा छन् । डा सरोज गिरीले ९१९ मतका साथ डा खड्कालाई पच्छ्याई रहेका छन् ।
यस्तै सुदूरपश्चिममा डा प्रमोद जोशीले १२५१ मतका साथ अग्रता कायम गरेका छन् । डा निरज अर्यालले १०९८ मतका साथ उनलाई पच्छ्याएका छन् ।
कोषाध्यक्ष पदमा डा संयुक्ता आचार्य ११४२ मतका साथ अगाडी छन् । उनको प्रतिस्पर्धामा डा चाँदनी जैसवाल ८६५ मतका साथ दोस्रो स्थानमा छिन् ।
सह सचिव पदमा डा हुलास अग्रवाल १३२८ मतका साथ अगाडी छन् । उनको प्रतिस्पर्धामा डा राम जीवन प्रसाद ६५७ मतका साथ दोस्रो स्थानमा छन् ।
यस्तै सह कोषाध्यक्ष पदमा डा तेजसुसिंह मल्ल ११३५ मतका साथ पहिलो स्थानमा छन् । डा सुवास गुरुङले १०५३ मतका साथ उनलाई पच्छ्याई रहेका छन् ।
निर्वाचित हुने छ जना सदस्यहरुमा अहिलेसम्म डा अमित झा १२२६ मतका साथ पहिलो स्थानमा, डा सुस्मित काफ्ले ११३४ मतका साथ दोस्रो स्थानमा, डा हिमलाल भण्डारी १०५४ मतका साथ तेस्रो स्थानमा छन् ।
यस्तै डा अरुण उप्रेती १०५० मतका साथ चौथो स्थानमा, डा शेषराज घिमिरे १०१६ मतका साथ पाँचौँ स्थानमा र छैटौँ स्थानमा ९६३ मतका साथ डा राकेश शाह उक्लिएका छन् । डा पल्पसा श्रेष्ठ भने ९२५ मतका साथ सातौँ स्थानमा झरेकी छन् ।
अहिलेसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकीको पोखरा गणना भईसकेको छ । यस्तै चितवन, हेटौँडा, बीरगञ्ज र रौतहट गणना सकिएको छ । यस पटक निर्वाचनमा कुल ७ हजार १०२ भोट खसेको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

