मापदण्ड पुरा नगरी सञ्चालित काठमाडौँका दुई अस्पतालमाथि काउन्सिलको डण्डा

792
Shares

काठमाडौँ, २१ बैशाख । मापदण्ड अनुरुप सञ्चालन भएको नपाइए पछि नेपाल मेडिकल काउन्सिलले काठमाडौँका दुईवटा अस्पताललाई कार्वाही गर्ने प्रक्रिया अघि बढाएको छ ।

काउन्सिलले चावहिलस्थित हुवाई इन्टरनेशनल हस्पिटल र वौद्धस्थित चाइनीज पिपल्स हस्पिटलमाथि कार्वाही प्रक्रिया अघि बढाएको हो ।

त्यसअघि काउन्सिलले आजै यी दुई अस्पतालमा अनुगमन गरेको थियो ।

काउन्सिल रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार चावहिलस्थित हुवाई इन्टरनेशनल हस्पिटल आयुर्वेदिक क्लिनिक तथा एक्युपंचर केन्द्रको रुपमा दर्ता भएको तर त्यसको म्याद समाप्त भईसकेको पाइएको बताए ।

उनले सो संस्थामा कुनै पनि योग्य आयुर्वेदिक चिकित्सक कार्यरत नरहेको, एक्युपंचर विशेषज्ञ कार्यरत नरहेको त्यसका बावजुत संस्थाले एलोप्याथिक उपचार तथा शल्यक्रिया समेत सञ्चालन गरिरहेको पाइएको बताए । एकै दिनमा उपचार तथा १०० प्रतिशत निको हुने जस्ता अरिरञ्जित दावीहरु गरिएको हुवाए हेल्थ सेन्टर दर्ता प्रक्रियामा रहेको भनिए पनि त्यसो पनि हुन नसकेको भन्दै आवश्यक कार्वाहीका लागि टोलीले काउन्सिल समक्ष सिफारिस गरेको जानकारी दिए ।

यस्तै वौद्धस्थित चाइनीज पिपुल्स हस्पिटलमा अनुगमन गर्दा एक विदेशी चिकित्सकले वैध परिचय पत्र प्रस्तुत गर्न नसकेको र उनी मान्यता प्राप्त कुनै मेडिकल काउन्सिलमा दर्ता समेत नभएको पाइएको थियो । यद्धपी उनले टोली समक्ष भने आफू चिकित्सक भएको दावी गरेकी थिईन ।

काउन्सिलको टोलीले सो अस्पतालमा पछिल्लो तीन वर्ष यता कुनै पनि नेपाली दर्तावाला चिकित्सकले त्यहाँबाट सेवा नदिइएको पाइएको छ । संस्थामा स्वास्थ्य जन्य फोहर व्यवस्थापनका लागि कुनै ठोस योजना नभएको, बिरामीको अभिलेख समेत राम्ररी नराखिएको भन्दै प्रचलित कानून अनुसार सो अस्पताललाई पनि कार्वाही प्रक्रियामा राखिएको डा देवले बताए ।

काउन्सिलले पछिल्लो समय अनुगमन तथा कार्वाही प्रक्रियालाई तिब्रता दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *