चिकित्सक संघ निर्वाचन मतगणना जारी, अध्यक्ष पदमा डा. मंगलको अग्रता

152
Shares

काठमाडौँ, २० बैशाख । नेपाल चिकित्सक संघको निर्वाचन अन्तर्गत अहिलेसम्म १ हजार ६७३ मतको गणना सकिएको छ । प्राप्त नतिजा अनुसार अहिले पनि अध्यक्ष पदमा डा मंगल रावलले अग्रता कायम राखेका छन् ।

उनी ७६८ मतका साथ अग्रता लिई रहँदा दोस्रो स्थानमा डा बद्री रिजालले ६८९ मतका साथ पच्छ्याई रहेका छन् । तेस्रो स्थानमा रहेका डा नारायणप्रसाद भुसालले १९७ मत प्राप्त गरेका छन् ।

बरिष्ठ उपाध्यक्ष पदमा डा कीर्तिपाल सुवेदीले ७०० मतका साथ अग्रता कायम राखेका छन् । दोस्रो स्थानमा डा सञ्जीव तिवारीले ६४० मत र तेस्रो स्थानमा डा अजयकुमार मिश्रले २३८ मत प्राप्त गरेका छन् ।

यस्तै महासचिव पदमा डा कालुसिंह खत्री ५९८ मतका साथ अग्रस्थानमा छन् । दोस्रो स्थानमा ५७१ मतका साथ डा विश्वराज दवाडी र तेस्रो स्थानमा ४१५ मतका साथ डा अमृत भुसाल रहेका छन् ।

सात प्रदेशका उपाध्यक्ष तर्फ कोशीमा डा रोशन खड्का, मधेशमा डा अमित रञ्जन मिश्र, बागमतीमा डा सुवास भट्टराई, गण्डकीमा डा यज्ञराज सिग्देल, लुम्बिनीमा नन्दाकुमारी गुरुङ, कर्णालीमा डा रविन खड्का र सुदूरपश्चिममा डा प्रमोद जोशी अग्रस्थानमा छन् ।

अहिले उपत्यका बाहिरका पोखरासहित त्यसबाट पश्चिम तिरका मतदान केन्द्रहरुको गणना सम्पन्न भएको बताइएको छ । अहिले भृकुटीमण्डपस्थित नेपाल चिकित्सक संघ भवनको छैटौं तल्लामा ५ वटा समूह बनाएर मतगणना भइरहेको छ ।

मतगणना अपडेटका लागि यहाँ क्लिक गर्नुहोला

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *