नेपाल चिकित्सक संघको निर्वाचन सम्पन्न, कुल ७ हजार १०१ भोट खस्यो

64
Shares

काठमाडौँ, १९ बैशाख । नेपाल चिकित्सक संघको निर्वाचन सम्पन्न भएको छ । आज सम्पन्न निर्वाचनमा काठमाडौँ उपत्यका र उपत्यका बाहिरको गरी कुल ७ हजार १०१ भोट खसेको छ ।

यो कुल सदस्य संख्याको ४४.१० प्रतिशत हो । नेपाल चिकित्सक संघको निर्वाचन समितिका अनुसार मतदान गर्न यसपटक कुल १६ हजार १०० चिकित्सक योग्य थिए ।

निर्वाचन समिति सदस्य डा अतित पौडेलले काठमाडौँ उपत्यकामा हिजो र आज भएको मतदानमा कुल २ हजार ८५७ मत खसेको बताए ।

उनले भने, ‘आज १ हजार ६३४ मत खस्यो, हिजो १ हजार २२३ मत खसेको थियो । त्यसकारण उपत्यकामा कुल २ हजार ८५७ मत खस्यो । गत ४ र ५ बैशाखमा सम्पन्न उपत्यका बाहिरको मतदानमा कुल ४ हजार २४४ मत खसेको थियो ।’

समितिका सदस्य डा पौडेलले अहिले मुचुल्का लगायतका कामहरु भईरहेको भन्दै आजै रातीबाट गणना थालिने बताए ।

यसअघि हिजो प्रमुख निर्वाचन अधिकृत डा प्रणयरत्न शाक्यले दुई दिन दुई रातमा लगातार गणना गरी अन्तिम नतिजा दिने योजना बनाएको बताएका थिए ।

यसपटक टिम मंगल, टिम बद्री र टिम रिफर्म गरी तीनवटा प्यानलबाट चुनावी प्रतिस्पर्धा भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *