कङ्गोमा दादुराको महामारी, करिब ५ हजारको मृत्यु

5.5k
Shares


कङ्गो,६ मङ्सिर  ।  कङ्गोका सबै प्रान्तमा दादुराको महामारी फैलिएको बताइएको छ । सो महामारीपछि सन् २०१९ मा करिब ५ हजार व्यक्तिको मृत्यु भएको छ ।

यसै अवधिमा करिब २ लाख ५० हजार व्यक्ति यसै रोगबाट सङ्क्रमित रहेका पनि सो समाचारमा जनाइएको छ ।

कङ्गोमा दादुरा निकै नै द्रूत गतिमा फैलिइरहेको र यो सबैभन्दा छिटो फैलिने महामारी भएको पनि विश्व स्वास्थ्य सङगठन ९डब्ल्यूएचओ० ले जानकारी दिएको छ ।

कङ्गोमा इबोलाका कारण विगत १५ महिनामा ज्यान गुमाउने भन्दा दुई गुणा बढी व्यक्ति दादुराको कारण ज्यान गुमाउन पुगेका पनि सो समाचारमा उल्लेख गरिएको छ ।

कङ्गोमा इबोला भाइरसको प्रकोपबाट गएको वर्षदिनमा कम्तीमा पनि दुइ हजार जनाको ज्यान गएको थियो । कङ्गोका स्वास्थ्य अधिकारीले गतवर्षको अगष्टबाट उक्त संक्रमणबाट कम्तीमा पनि दुई हजार कङ्गोलीको ज्यान गएको समाचार दिएका छन् ।

कङ्गो सरकार र डब्ल्यूएचओले गत सेप्टेम्बर महिनामा आठ लाख बालबालिकालाई खोप दिने उद्देश्यसहित आपतकालीन कार्यक्रम सञ्चालन गरेका थिए ।

तर कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहूँचको अभावका कारण दादुराको सङ्क्रमण रोक्ने प्रयासमा असर परेको बताइएको छ ।

हालसम्म ४० लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ । तर विज्ञहरूका अनुसार खोप लगाइएको बालबालिका उक्त सङ्ख्या आधाभन्दा पनि कम हो ।  रासस/एएफपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *