तीन वटा मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

काठमाडौँ, १ मंसिर । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीनवटा मेडिकल कलेजमा छापा मारेको छ । शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनका आधारमा विभागले भरतपुरस्थित चितवन मेडिकल कलेज, वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज र विराटनगरस्थित नोवेल मेडिकल कलेजमा छापा मारेको हो ।

पछिल्लो समय निजी मेडिकल कलेजहरु विद्यार्थीहरुसंग सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्ने विवादमा परेका छन् । विद्यार्थीहरुले बढी शुल्क लिने निजी कलेजविरुद्ध आन्दोलन गरिरहेका बेला विभागले छापा मारेको हो ।

‘हामीले कलेज र कलेज सञ्चालको समेत सम्पत्तिको बारेमा अनुसन्धान गर्दैछौँ ,’स्रोतले भन्यो ।

यता शिक्षा मन्त्रालयले भने बढी शुल्क लिने कलेजहरुलाई ठगी मुद्धा चलाउन गृहमन्त्रालयलाई निर्देशन दिईसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “तीन वटा मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *