मुटु जोगाउने १० मन्त्र
१. चुरोट सुर्ती गुट्खा र खैनी नखाने ।
२. दैनिक ३० मिनेट छिटो छिटो हिंडने व्यायाम गर्ने योग गर्ने ।
३. हरियो तरकारी र फलफुल प्रशस्त खाने । नुन चिनी र चिल्लो कम खाने ।
४. बालबालिकाको घाँटी दुख्दा, टन्सिल बढ्दा तुरुन्त औषधि गराउँने ।
५. मोटो शरीर भए तौल घटाउने ।
६. पीर चिन्ता नलिने । कसैसंग नरिसाउने । उत्तेजनामा नआउने ।
७. उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल आदि रोगलाई पालेर नराख्ने तुरुन्त उपचार गर्ने ।
८. दैनिक ६ देखि ८ घण्टा सुत्ने ।
९. अरुलाई सहयोग गर्ने सामाजिक कार्यमा लाग्ने दान दिने ।
१०. केही समस्या नभएपनि कम्तीमा बर्षको एक पटक नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



