शल्यक्रियाबाट सुत्केरी भएकी विपीन्द्राको मृत्युपछि स्वास्थ्यकर्मीमाथि आरोप

पाल्पा, ९ असोज । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया पछि ज्यान गएको छ । परिवारले स्वास्थ्यकर्मीको असावधानीका कारण ज्यान गएको आरोप लगाएका छन् ।

जिल्लाको रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्रा सूयवंशीको पेटमा रहेको शिशुको मृत्यु भएपछि चिकित्सकले शल्यक्रिया गरेका थिए । शल्यक्रिया गरेको दुई तीन घण्टा पछि विपीन्द्राको पनि ज्यान गएको आफन्त बलराम सूर्यवंशीले बताए ।

तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै आएकी सूर्यवंशी सुत्केरी हुन गत मंगलबार अस्पतालमा भर्ना भएकी थिइन । नर्मल रुपमा सुत्केरी हुन भन्दै अस्पताल छिरेकी उनको पेटमा बच्चा मृत भएको चिकित्सकले थाह पाएपछि शल्यक्रिया गरेका थिए ।

विपीन्द्राका श्रीमान् केशर सूर्यवंशी भन्छन्, ‘शल्यक्रिया पछि श्रीमतीलाई निकै गाह्रो भयो । राती धैरै नै छटपटाहट भयो सो क्रममा अक्सिजनको नलि फुत्कियो । नर्सहरुले अक्सिजनको नलि जोडन सकेनन् । यहि कारण ज्यान गयो ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *