यस्ता छन् विश्व स्तनपान सप्ताहमा पुरस्कृत सात प्रदेशका सात फोटो
काठमाडौँ, ५ भदौ । गत १ अगष्ट देखि ७ दिनसम्म मनाइएको विश्व स्तनपान सप्ताहको अवसरमा सगुन्स व्लग र नेपाल इन्स्टिच्युट अफ रिसर्च एण्ड कम्युनिकेशनले फोटो प्रतियोगिताको आयोजना गरेको थियो ।
उक्त प्रतियोगितामा सातवटै प्रदेशबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले सहभागिता जनाएका थिए ।
आयोजकले प्रतियोगितामा भाग लिएका तस्बिरलाई फेसबुकमा पोष्ट गरी सबैभन्दा बढी लाइक पाएकाहरुलाई पुरस्कृत गरेको छ । पुरस्कृत तस्विरहरुले नगद रु ३ हजार ५०० रुपैयाँ पाउँनेछन् ।
सो प्रतियोगितामा पुरस्कृत तस्विर यस्ता छन्
प्रदेश नं १ : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान

प्रदेश नं ३ : लापा हेल्थपोष्ट धादिङ
गण्डकी प्रदेश : पञ्चखुवा देउराली हेल्थपोष्ट गोरखा


सुदूरपश्चिम प्रदेश : चौखाम हेल्थपोष्ट सिगास गाँउपालिका बैतडी
सम्पर्क इमेल : [email protected]