यस्ता छन् विश्व स्तनपान सप्ताहमा पुरस्कृत सात प्रदेशका सात फोटो

- नेपाली हेल्थ

काठमाडौँ, ५ भदौ । गत १ अगष्ट देखि ७ दिनसम्म मनाइएको विश्व स्तनपान सप्ताहको अवसरमा सगुन्स व्लग र नेपाल इन्स्टिच्युट अफ रिसर्च एण्ड कम्युनिकेशनले फोटो प्रतियोगिताको आयोजना गरेको थियो ।

उक्त प्रतियोगितामा सातवटै प्रदेशबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले सहभागिता जनाएका थिए ।

आयोजकले प्रतियोगितामा भाग लिएका तस्बिरलाई फेसबुकमा पोष्ट गरी सबैभन्दा बढी लाइक पाएकाहरुलाई पुरस्कृत गरेको छ । पुरस्कृत तस्विरहरुले नगद रु ३ हजार ५०० रुपैयाँ पाउँनेछन् ।

सो प्रतियोगितामा पुरस्कृत तस्विर यस्ता छन्

प्रदेश नं १ : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान

प्रदेश नं २ : हरिवन नगरपालिका – हेल्थ सेक्सन

प्रदेश नं ३ : लापा हेल्थपोष्ट धादिङ

गण्डकी प्रदेश : पञ्चखुवा देउराली हेल्थपोष्ट गोरखा

प्रदेश नं ५ : वीरकोट हेल्थपोष्ट पूर्वखोला -५ पाल्पा
कर्णाली प्रदेश :  सिमीकोट गाँउपालिका हुम्ला

सुदूरपश्चिम प्रदेश : चौखाम हेल्थपोष्ट सिगास गाँउपालिका बैतडी

 


Facebook Comment


थप समाचार