चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष को बन्ला ? सरकारले आज निर्णय गर्दै

काठमाडौँ, २ भदौ ।सरकारले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष पदमा कसलाई नियुक्त गर्ने भन्ने टुंगो आज लाग्ने सम्भावना बढेको छ । आज अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषदको बैठकले आयोगको उपाध्यक्षको टुंगो लगाउने बताइएको छ ।

सत्तारुड नेकपाको सचिवालय बैठक लम्बिएका कारण हिजोको मन्त्रिपरिषद बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । सो बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

स्रोतका अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आजको मन्त्रिपरिषद बैठकमा उपाध्यक्ष पद नियुक्तिका लागि गठित सर्च कमिटिले दिएको तीन जनाको नाम पेश गर्दैछन् । सोही मध्येबाट मन्त्रिपरिषदले एक जनालाई उपाध्यक्षमा नियुक्त गर्नेछ ।

यसअघि २९ साउनमा बसेको सर्चकमिटिको बैठकले आयोगको उपाध्यक्षमा तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । कमिटिले एक नम्बरमा प्राडा सुरेन्द्र शेरचन, दुई नम्बरमा प्राडा शम्भुकुमार पहारी र तीन नम्बरमा प्राडा श्रीकृष्ण गिरीलाई सिफारिस गरेको छ।

आयोगको उपाध्यक्ष नियुक्तिमा ढिलाई हुँदा चिकित्सा शिक्षा ऐन अनुसार व्यवस्था गर्नुपर्ने कतिपय विषयबस्तु रोकिएको छ । त्यसैले पनि सरकारले आजकै बैठकबाट उपाध्यक्ष टुंगो लगाउने अनुमान गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *