यी हुन् ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गर्न सरकारले तोकेका ३४ जिल्ला


काठमाडौँ, १३ साउन । कतिपयलाई थाह नहुन सक्छ सरकारले यातायात र स्वास्थ्य सुविधाबाट पिछडिएका दुर्गमका ३४ जिल्लामा गर्भवती तथा सुत्केरीको हवाई उद्धार गर्ने व्यवस्था मिलाएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगर्त दुगर्म क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको लागि हवाईउद्धार कार्यक्रम ल्याइएको हो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले अघि सारेको यो कार्यक्रम देशका विभिन्न ३० जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक रुपमा लागू भएको छ ।

मन्त्रालयका अनुसार,

हवाई उद्धार पूर्ण रुपमा लागू भएका जिल्लाहरुमा

दार्चुला, बैतडी, बाजुरा, बझाङ, दैलेख, डोटी, अछाम, जाजरकोट, मुगु, कालिकोट, हुम्ला, जुम्ला, डोल्पा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ रहेका छन् । यस्तै ओखलढुंगा, सोलुखुम्बु, दोलखा, मनाङ, मुस्ताङ, म्याग्दी, रोल्पा, रुकुमपूर्व, रुकुम पश्चिम, सल्यान र रसुवा रहेका छन् ।

आंशिक रुपमा लागू भएका जिल्लाहरुमा

सिन्धुपाल्चोक : पाँचपोखरी,थामपालथाप गाँउपालिका, हेलम्बु गापा, जुगल गापा
धादिङ : रुबीभ्याली गापा
गोरखा : सुलिकोट गापा, आरुघाट गापा, सिरानचोक गापा, गण्डकी गापा, अजिरकोट गापा, धार्चे गापा, चुमनुब्री गापा
बाग्लुङ : ढोरपाटन नपा, गलकोट नपा, बडिगाड गापा, निसिखोला गापा, बरेङ गापा, ताराखोला गापा, काँठेखोला गापा, तमानखोला गापा, जैमुनी नपा रहेका छन् ।

मन्त्रालयले ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको समेत परिभाषा गरेको छ :

  • लगातार लामो प्रश्रव व्यथा लागि बच्चा जन्माउन कठिनाई भएको ।
  • गर्भमा नै बच्चाको मृत्यु भएको ।
  • गर्भवती अवस्थामा अत्यधिक शरीर सुन्निएको ।
  • सुत्केरी पश्चात अत्यधिक रक्तश्राव भएको ।
  • रक्त अल्पता भएको गर्भवती
  • स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवती महिला

थप जानकारीका लागि हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *