बाढी पहिरोको कारण स्वास्थ्यको समायोजन दुई महिना ढिला, ८,९ र १०तहको सूची आज आउने

काठमाडौँ, १ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले द्रुत रुपमा लगेको कर्मचारी समायोजन प्रकृया केही समय पछाडि धकेलिने भएको छ।

लगातारको वर्षातका कारण कर्मचारी समायोजनको कार्यलाई केही समय पछाडि धकेलेको मन्त्रालयले जनाएको छ।

वर्षातका कारण आउनसक्ने महामारी र विपत्तीलाई मध्यनजर गर्दै मन्त्रालयले समायोजनको कामलाई केही समय ढिलो गर्न लागेको मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्यको कर्मचारी समायोजनको लागि प्रमुख जिम्मेवारी पाएका महेन्द्र श्रेष्ठले बताए।

उनले भने ‘ बर्षाको कारण धेरै ठाउँमा महामारीको जोखमिम बढ्दै जान थालेको छ, यस्तो बेलामा धेरै कर्मचारीलाई यताउता पार्दा स्वास्थ्य सेवामा अप्ठ्यारो पर्न सक्ने हुदाँ अहिले हामीले समायोजनको कार्यलाई ढिला गर्न लागेका हौँ।‘

यस्तै मन्त्रालयले हाल सम्म आठौँ, नौँ, दशौँ र एघारौँ तहको समायोजन प्रकृया सकाएको भए पनि २१ हजार भन्दा बढी संख्यामा रहेका अनमी , अहेब, हेल्थ असिस्टेन्ट र स्टाफ नर्सहरुको समायोजन भने बाँकी रहेको बताएको छ। यी चार समूहको समायोजन दुई महिनाभित्र सक्ने लक्ष्य तयारी भएको प्रवक्ता श्रेष्ठले बताए। श्रेष्ठका अनुसार अनुसार हेल्थ असिस्टेन्ट ४५ सय, स्टाफ नर्स २ हजार भन्दा बढी , अहेब ८ हजार माथि र अनमी पनि ८ हजार भन्दाको समायोजन बाँकी छ।

८,९ र १० औं तहको सूची आज आउने

यता प्रवक्ता श्रेष्ठले भने चिकित्सक बाहेयका ८,९ र १० औं तहका स्वास्थ्यकर्मीहरुको भने समायोजनको सूची आज सार्वजनिक हुने बताए। श्रेष्ठले भने ‘ हामीले यिनी हरुको पत्र लगभग तयार पारेर सकेका छौँ सम्भवत आज सूची सार्वजनिक हुन्छ होला।‘

यस्तै पुल दरबन्दीमा रहने चिकित्सकहरुको जसमायोजन समेत केही दिनमानै सकिने मन्त्रालयले बताएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *