चौथो देखि दशौँ तहसम्मका २५० बढी स्वास्थ्यका कर्मचारीको समायोजन

काठमाडौँ, २५ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका विभिन्न तहका २५० बढी कर्मचारीको समायोजन टुंग्याएको छ । मन्त्रालयले थोरै संख्यामा रहेका विभिन्न उपसमूहका कर्मचारीको समायोजन टुग्याएको हो ।

मन्त्रालय स्रोतका अनुसार मंगलबार सचिवस्तरीय निर्णयपछि चौथो देखि दशौँ तहसम्मका २५० बढी कर्मचारीको पत्र आजबाट वितरण शुरु गरिएको हो ।

‘नवौँ र दशौँ तहका आर्युवेद, हेल्थ इन्सपेक्सन, हेल्थ एजुकेसन, फार्मेसी, नर्सिङ्ग समूहका कर्मचारीहरुको समायोजन भएको छ । अरु तहको कर्मचारीमा पनि स सना उपसमूहमा रहेका कर्मचारीहरु परेका छन्,’ मन्त्रालयले स्रोतले भन्यो ।

मन्त्रलयले समायोजन पत्र वितरण गरे लगत्तै उनीहरुलाई पदस्थापनको पत्र उपलव्ध गराइने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “चौथो देखि दशौँ तहसम्मका २५० बढी स्वास्थ्यका कर्मचारीको समायोजन

Leave a Reply

Your email address will not be published. Required fields are marked *