समायोजन नटुंगिदै अनमीको रमाना ?

काठमाडौँ, १७ बैशाख । समायोजन सूची सार्वजनिक गरेपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहका कर्मचारीलाई पदस्थापन हुनका लागि चिठी दिइसकेको छैन । तर, बाँकेको एक गाँउपालिकाले भने आफ्ना एक जना कर्मचारीलाई समायोजनमा परेको भन्दै रमाना दिएर विदा गरेको छ ।

उता रमाना लिएर गएको कार्यालयका अधिकारीले पनि निजलाई हाजिर गराउनु भनि फाँटवालालाई आदेश दिएका छन् ।

समायोजनमा गडबडी भएपछि सामान्य प्रशासन मन्त्रालयले चैतको अन्तिम साता सूचना प्रकाशित गरी ५ बैशाखसम्म गुनासो राख्न स्वास्थ्यकर्मीहरुलाई भनेको थियो ।

सो अवधीमा १३ हजार बढी गुनासा दर्ता भएका छन् । अहिले सामान्य र स्वास्थयका कर्मचारीहरुले त्यहि गुनासा केलाउँदै छन् । तर बाँकेस्थित राप्ती सोनारी गाँउपालिकाले भने समायोजनमा परेको भन्दै निवेदन दिएको आधारमा आफ्नो कार्यलयकी अनमी बलमता खड्कालाई रमाना दिएको छ ।

उनलाई बाँकेको जानकी गाँउपालिकामा रमाना दिइएको छ । र सो गाँउपालिकाका अधिकारीले निजलाई हाजिर गराउनु भनेर तोक आदेश दिइएको छ ।

त्यसो त रमाना पत्रमा नै उनको समायोजन कोहलपुर नगरपालिका कार्यालयमा भएको उल्लेख छ । तर उनलाई जानकी गाँउपालिकामा पठाइएको छ र हाजिर गराउन भनिएको छ ।

यता स्वास्थ्य मन्त्रालयले समायोजनको नसकिएको भन्दै सबै कर्मचारीलाई यथास्थानमा रहेर काम गर्न गराउन सूचना जारी गरिसकेको थियो । त्यसको व्यवस्था गर्दैै गाँउपालिकाले कर्मचारीलाई रमाना दिइएको छ ।

स्वास्थ्य मन्त्रालयका सहसचिव जनार्दन गुरागाँईले अहिले रमाना दिने अधिकार कसैलाई नभएको भन्दै दिइएको रहेछ भने कारवाहीमा पर्ने बताए । उनले रमाना लिएको र हाजिर भएको पुष्टी भए कारवाही हुने स्पष्ट पारे ।

हेरौँ पत्र

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *