सरकारी चिकित्सकको आन्दोलन सम्वोधन गर्न ‘एनडीएएन’को नयाँ विकल्प

काठमाडौँ, २९ चैत । सरकारी चिकित्सक संघको आन्दोलन लम्बिएको प्रति राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन)ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उसले आन्दोलन लम्बिदै जाँदा आम सर्वसाधारण बिरामीले औषधोपचारबाट बन्चित भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

संघका महासचिव डा रमेश ढकालद्धारा आज जारी विज्ञप्तीमा तत्काल बार्ताका माध्यमबाट सहमति गरी उपचारको बाताबरण मिलाउन सरकार र गोदान दुबै पक्षलाई आग्रह समेत गरेको छ । त्यसो त सरकार र गोदानका प्रतिनिधिबीच हिजो र अस्तिको छलफल सकारात्मक भएको भन्दै आजै निकास निस्कने सम्भावना भएको बताइएको छ ।

एनडीएनले जारी गरेको विज्ञप्तीमा सरकार र आन्दोलनरत सरकारी चिकित्सकबीच हुनसक्ने सहमतिका आधार समेत उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सरकारी चिकित्सकले पाएको सुविधा नघट्ने गरी, बृत्ति विकास र सरुवा बढुवा संविधानसंग नबाझ्ने गरी स्पष्ट बैज्ञानिक प्रावधान सहितको सहमतिका लागि अनुरोध गर्दछ ।’

गोदानले स्थानीय र प्रदेश तहमा खटाइएका चिकित्सकलाई पुल दरबन्दीमा राखेर परिचालन गर्न सकिने विकल्प दिएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सो विषयमा सहमति हुनुपुर्व सामान्य मन्त्रालय, मुख्य सचिव र प्रधानमन्त्रीसंग सल्लाह गर्नुपर्ने बताएका छन् ।

उच्चस्रोतका अनुसार प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालयले एनडीएएनले उल्लेख गरेको प्रस्ताव पाएको सुविधा नघटने, बृत्ति विकास र सरुवा बढुवा खुल्ला राख्न सकारात्मक रहेको छ । पुल दरबन्दीमा सहमति नभए यसै अनुसार सहमतिको सम्भावना रहेको समेत बताइएको छ ।

यसअघि नेपाल चिकित्सक संघले बार्ताका माध्यमबाट सहमतिमा सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *