अस्पतालमा दिनभरको स्वास्थ्य परीक्षण पछि बालुवाटार फर्कदै प्रधानमन्त्री
काठमाडौँ, २२ फागुन । स्वास्थ्य परीक्षणको रिपोर्ट सामान्य देखिएपछि मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा विहान देखि भर्ना भएका प्रधानमन्त्री केपी ओली डिस्चार्ज भएका छन् । उनी केही बेरमै बालुवाटार फर्कने निजी चिकित्सक डा दिव्यासिंह शाहले बताइन ।
यसअघि बुधबार विहान १० बजे प्रधानमन्त्री ओलीलाई होलबडी चेकअपका लागि भन्दै मनमोहन कार्डियोथोरासिकमा लगिएको थियो । त्यहाँ उनलाई भिआईपी क्याविनमा भर्ना गरी आवश्यक स्वास्थ्य परीक्षण गरिएको थियो ।
यसअघि बैंककमा परीक्षण हुँदै आएको थियो । तर अहिले त्यता जाने अनुकुल भएन । त्यहि परीक्षण हामीले यहाँ गराएका हौँ । निजी चिकित्सक डा शाहले भनिन् ।
मिर्गौला प्रत्यारोपण गरेका ओलीको रोगप्रतिरोधात्मक क्षमता कम छ । त्यसैले उनको स्वास्थ्यलाई विशेष निगरानी दिइदै आएको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणका लागि मनमोहन सेन्टरले डा अरुण सायमीको संयोजकत्वमा उपचार टोली बनाएको थियो । सो टोलीले व्लड, युरिन, एक्सरे, इसिजी लगायतका परीक्षण गरेको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]