नेता अधिकारीको स्वास्थ्य सुधारोन्मुख

248
Shares

काठमाडौँ, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । धुम्वराहीस्थित ह्याम्स अस्पतालमा उपचारत उनको स्वास्थ्य सुधारोन्मुख देखिएको स्वकीय सचिव महेश विष्टले जानकारी दिए ।

नेता अधिकारीको उपचार सघन उपचार कक्षमा (आइसीयु) मै राखेर गरिएको छ । गत माघ २ गते उनको स्वास्थ्यमा समस्या देखिएर ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएमा सुधार नभएपछि उनलाई माघ २४ गते ह्याम्स अस्पतालमा लगिएको थियो । स्वकीय सचिव विष्टका अनुसार छातीमा समस्या देखिएको बयासी वर्षीय अधिकारीको उपचारमा डा राजु पङ्गेनी, डा मनबहादुर केसी र डा अर्जुन कार्कीलगायत सम्लग्न छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *