गोदानको आन्दोलन : सामुहिक विदा, सामुहिक राजिनामादेखि सेवा बहिस्कार सम्म

काठमाडौँ, ५ फागुन । समायोजनमा चिकित्सकलाई संघ अन्तरगर्त राख्नुपर्ने अडानमा रहेको सरकारी चिकित्सक संघ नेपाल ( गोदान)ले साताव्यापी विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । आज राष्ट्रिय ट्रमा सेन्टरको सभाहलमा पत्रकार सम्मेलन गर्दै गोदानले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

उसले सार्वजनिक गरेको विरोधका कार्यक्रममा सामुहिक विदा बस्ने, आकस्मिक बाहेकका सेवा नदिने देखि सामुहिक राजिनामा दिनेसम्मका छ ।

गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले आफूहरुसंग गत पुस ३० मा सरकारले गरेको सम्झौँता विपरित हुने गरी समायोजन गर्न थालेको आभास पाएपछि दवावका लागि विरोधका कार्यक्रम सार्वजनि गर्नुपरेको बताए । उनले चिकित्साशास्त्र अरु भन्दा फरक विदा भएको भन्दै निरन्तर अध्ययन अध्यापन, तालिम सिका हासिल गर्नुपर्ने विषय भएकोले संघबाट छुट्याएर प्रदेश तथा स्थानीय तहमा राख्न नमिल्ने बताए ।

गोदानले गरेको विरोधका कार्यक्रममा माग पुरा गर्न स्वास्थ्य मन्त्रालयमा हदैसम्मको ताकेता गर्ने, समायोजन विधेयक सच्याउन राष्ट्रिय सभाका अध्यक्षलाई ताकेता गर्ने लगायतका छन् ।

यस्तै सोमबारबाट ८ औँ देखि ११ औँ तहसम्मका चिकित्सकहरुलाई स्वेच्छिक राजिनामाका लागि हस्ताक्षर संकलन गर्ने, समायोजन विधेयक सच्याउन लगाउन राष्ट्रपतिलाई आग्रह गर्ने कार्यक्रम छ ।

यस्तै गोदानले मंगलबार माइतीघर मण्डलामा रक्तदान गरी समायोजनको विद्यमान व्यवस्थाको विरोध जनाउने र आफ्नो एजेन्डा सुसूचीत गर्ने कार्यक्रम राखेको छ ।

आन्दोलनकै कार्यक्रम स्वरुप गोदानले बुधबार देशभरका चिकित्सकहरु सामुहिक विदामा बस्ने, विहीबार संकलिन हस्ताक्षर बुझाउँन मोफसलका चिकित्सक राजधानी हिड्ने र शुक्रबार आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरी आन्दोलन गर्ने कार्यक्रम छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *