सरकारी चिकित्सकको गिरफ्तारीप्रति चिकित्सक संघको विरोध

188
Shares

काठमाडौँ, २७ माघ । स्वास्थ्य मन्त्रालय परिसरमा धर्नामा बसेका सरकारी चिकित्सकलाई पक्राउ गरेको प्रति नेपाल चिकित्सक संघले विरोध जनाएको छ ।

संघका महासचिव डा लोचन कार्कीले आज प्रेस विज्ञप्ती जारी गर्दै चिकित्सक माथिको गिरफ्तारी तथा धडपकको विरोध गरेका हुन् ।

विज्ञप्तीमा ‘शान्तिपूर्वक धर्ना दिइरहेका सरकारी चिकित्सकमाथि मन्त्रालय परिसरमै प्रहरी लगाई दमन गर्ने, धरपकड गर्ने तथा हातपात गर्दै गिरफ्तार गरिएको घटनाको भत्र्सना गर्दछौं,’ भनिएको छ।

सरकारी चिकित्सक संघ (गोदान) ले कर्मचारी समायोजनका विषयमा असन्तुष्टि जनाउँदै स्वास्थ्य मन्त्रालयमा धर्ना दिएको थियो। सो क्रममा गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डे सहित २५ जनाभन्दा बढी चिकित्सक पक्राउ परेका थिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *