बिरामीको मृत्यु पछि अस्पताल तोडफोड, छ जना पक्राउ

भरतपुर महानगरपालिका–९ सरदपुरका कृष्णप्रसाद भुसालको भरतपुरको मनकामना अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि आक्रोसित आफन्तले अस्पताल तोडफोड गर्दा फुटेका सिसा । तस्बिरः कृष्ण आचार्य,

चितवन, २५ माघ । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि भरतपुरस्थित मनकामना अस्पतालमा तोडफोड भएको छ । प्रहरीले तोडफोडमा सम्लग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका–९ सरदपुरका ३८ वर्षीय कृष्णप्रसाद भुसालको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका हुन्। उनीहरुले उपचारमा लापरबाही भएको आरोप लगाएका थिए ।

तोडफोडका कारण अस्पतालमा भौतिक क्षति भएको छ भने बिरामीको उपचारमा समेत समस्या परेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अस्पतालमा आक्रमण हुँदा अस्पतालको रिसेप्सनको सिसा फुट्नुका साथै कागजपत्रहरु च्यातिएका छन्। तोडफोडबाट अस्पतालको करीब एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

रूखबाट लडेर गम्भीर घाइते भएपछि भुसाललाई उपचारका लागि अस्पताल ल्याइएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *