कर्मचारी समायोजन : स्वास्थ्यमा कार्यरत ७ जना उपसचिव संघमा रहने पक्का

2.0k
Shares

काठमाडौँ, २४ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत सामान्य प्रसाशन समूहका ७ जना उपसचिवले संघ अन्तरगर्त रहने पक्का भएको छ ।

कर्मचारी समायोजन अन्तरगर्त सामान्य प्रशासन मन्त्रालयले केहीबेर अघि सार्वजनिक गरेको सामान्य प्रशासन समूहका ८४८ जना उपसचिवको लिष्टमा स्वास्थ्यमा कार्यरत ७ जना पनि संघमा रहने सूचीमा परेका हुन् ।

त्यसरी संघमा आफ्नो स्थान पक्का गराउनेहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत उपसचिव बाबुराम खनाल, रामहरि लामिछाने, लिलाराज पौडेल र भक्तराज जोशी रहेका छन् ।

यस्तै स्वास्थ्य सेवा विभागमा कार्यरत उपसचिव महेश पाण्डे, प्रदेश स्वास्थ्य निर्देशनालय कास्कीमा कार्यरत उमा कोइराला र चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान न्याम्समा कार्यरत टेकराज अर्याल पनि संघमा अटाएका छन् ।

उपसचिवको सूची केही दिन अघि नै सार्वजनिक हुने बताइएपनि प्राविधिक गडबढी भएको भन्दै रोकिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *