तराईका दुई जिल्लामा बिस्तार हुँदै स्वास्थ्य बीमा कार्यक्रम

208
Shares

काठमाडौँ, २४ माघ । आगामी दुई साता भित्र तराईका दुई जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु हुने भएको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार आगामी २९ माघमा धनुषा र २ फागुनमा सिराहामा यो कार्यक्रम सुरु भएको हो ।

बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले केही समय देखि रोकिएको स्वास्थ्य बीमाको जिल्ला विस्तार गर्ने कार्यक्रम पुन: सुचारु भएको बताए । ‘गत चैत देखि नै यो कार्यक्रम अघि बढ्न सकेको थिएन । तर अब छिटै जिल्ला विस्तारले गति लिँदै छ,’ पोखरेलले भने ।
उनले चालु आर्थिक बर्षमा थप ९ जिल्लामा पनि बीमा कार्यक्रम सुरु गर्ने तयारी रहेको जानकारी दिए ।

विसं २०७२ देखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म देशका ३६ जिल्लामा लागू भईसकेको छ । जसमा १५ लाख बढी नागरिक आवद्ध भएको बीमा बोर्डले जनाएको छ ।

मासिक २ हजार ५ सय रुपैयाँ प्रिमियम तिरेपछि एक परिवार ( ५ जना)का सदस्यले प्रतिव्यक्ति ५० हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार सेवा पाउने व्यवस्था छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *