चिकित्सकको दरबन्दी केन्द्र सरकार मातहत राख्न चिकित्सक संघको माग

काठमाडौँ, २२ माघ ।  समायोजन कार्य अन्तिम चरणमा पुगेका बेला चिकित्सकको दरबन्दी केन्द्र सरकार मातहत राख्न नेपाल चिकित्सक संघ (एनएमए)ले सरकारको ध्यानाकर्षण गराएको छ । साथै उसले तत्काल चिकित्सकको समायोजन कार्य अघि नबढाउन समेत सरकार समक्ष अनुरोध गरेको छ ।

एनएमएका महासचिव डा लोचन कार्कीले आज विज्ञप्तीमा चिकित्सकको दरबन्दी संघ अन्तरगर्त राखी प्रदेश तथा स्थानीय तहमा खटाउन सकिने उल्लेख छ ।

त्यस्तै ज्ञान क्षमता र बुद्धिविकासका लागि समय समयमा केन्द्रमा आउनुपर्ने भएकोले स्थानीय तथा प्रदेशमा पुल दरबन्दी राखि समय समयमा काजमा खटाउन समेत अनुरोध गरेको छ ।

चिकित्सक संघले जारी गरेको विज्ञप्ती यस्तो छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *